२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू

सरकारले बुधबार राती प्रेस विज्ञप्ती निकाल्दै भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । बुधबार मात्र काठमाडौं उपत्यका एक सय दुई जना संक्रमित थपिए संगै गृह मन्त्रालयले विज्ञप्ती निकालेको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताए । संक्रमित भेटिएसंगै कोरोना भाइरसको जोखिम बढेको भन्दै जोर विजोर लागू गरिएको मन्त्रालयका प्रवक्ता अधिकारीले बताए ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा  र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुने उनले विज्ञप्तीमा जनाइएको छ । सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।

प्रकाशित: २१ श्रावण २०७७ १५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App