७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

तरकारी र फलफूलका गाडी निषेध

दार्चुला जिल्लामा बाहिरी जिल्लाबाट आयात हुने तरकारी र फलफूल गाडी निषेध गरिएको छ । महाकाली नगरपालिका–६ का एक युवक बिहीबार कोरोना संक्रमित भेटिएपछि सतर्कताको लागि तरकारी र फलफूल ढुवानी गर्ने सवारी साधनको प्रवेशलाई पूर्णरुपमा रोक लगाइएको हो ।

संक्रमित भेटिएपछि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले बाहिरी जिल्लाबाट तरकारी र फलफूल ढुवानी गर्ने सवारी साधनको आवागमन पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।  

जिल्ला सदरमुकाम स्थित सार्वजनिक स्थल, बाटोघाटोमा थपेका पसलहरु हटाउने साथै महाकाली नगरपालिकाको बजार क्षेत्रका अत्यावश्यक सेवा बाहेकका गतिविधिलाई पूर्ण नियन्त्रणमा राख्ने निर्णय गरिएको उनले बताए । यस्तै बैठकले बजार क्षेत्रमा हुने अनावश्यक भिडभाडलाई नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशको उल्लंघन गरिएको पाइएमा संक्रमित रोग ऐन २०२० अनुसार कारबाही गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित: १५ जेष्ठ २०७७ १५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App