१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मङ्सिर ७ भित्र भूकम्पको क्षतिको विवरण सङ्कलन गर्न पालिकालाई निर्देशन

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण यही मङ्सिर ७ भित्र पठाउन पालिकाहरुलाई निर्देशन दिएको छ।

सरकारले भूकम्प पीडितलाई १ अर्ब ४१ करोड पठायो

भूकम्प पीडितलाई अस्थायी आवास बनाउनका लागि रकम नपठाएको भनेर आलोचना भइरहेका बेला सरकारले भूकम्प पीडितलाई १ अर्ब ४१ करोड रुपैयाँ पठाएको छ।

विपद्मा हातेमालो

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गण्डकी प्रदेश सरकारसहित यहाँका स्थानीय तह, सङ्घसंस्था र नागरिक तहबाटसमेत राहत सहयोगमा हातेमालो भइरहेको हो।

महिला र बालबालिकालाई जोगिनै गाह्रो

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् र मृत्यु हुनेमा पनि यिनै बढी छन्।

विपद्को पूर्वतयारीबारे अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा हुने

विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने भएको छ । आउँदो डिसेम्बर १–३ अर्थात् मङ्सिर १५ देखि १७ गतेसम्म धुलिखेल सामुदायिक अस्पतालमा सम्मेलनको आयोजना गरिने भएको हो।

प्राकृतिक विपद्पछि देखिने स्वास्थ्य चुनौतिबारे अहिले नै शतर्क हुनुपर्छः डा.बद्री रिजाल

पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ। सयौँ मानिसहरु घाइते भएका छन् भने हजारौँ संरचना ध्वस्त भएका छन् । भूकम्पमा परी हजारौँ पशुचौपाया मरेका छन्।

विपद्बबारे संंसदीय समिति निष्क्रिय

भूकम्पका कारण जाजरकोट र रुकुमको जनजीवन अस्तव्यस्त छ। वृद्ध बालकदेखि सुत्केरी, किरियापुत्री सबैको बिजोगको अवस्था छ। भौतिक संरचना ध्वस्त भएकाले र डरका कारण सबैजना बाहिर चौरमा बसेको अवस्था देखिन्छ। चिसो बढ्न थालेकाले त्यस ठाउँमा बालक र वृद्धाहरू जोखिममा पर्ने सम्भावना छ। त्यस्तो अवस्थामा संसदीय समिति कहाँ छन् थाहा छैन। जनताका समस्या सम्बोधन हुन नसके समितिले सरकारलाई दबाब दिनुपर्ने हुन्छ।

देश पीडामा, विपद् प्राधिकरण प्रमुख भने जापानमा

देश भूकम्पको पीडामा छ तर, विपद् व्यवस्थापनको जिम्मेवारी बोकेको सरकारी निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भने विदेश भ्रमणमा छन्।

विपद्को सूचना सम्प्रेषणमा थप संवेदनशील बनौँ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपद्का समयमा गरिने सूचना सम्प्रेषणको महत्व र संवेदनशीलता बुझ्न सबै सञ्चारकर्मीलाई आग्रह गरेकी छन्।

जगदीशपुरमा जल उद्धार नमुना अभ्यास

नेपाल कै सबै भन्दा ठुलो कृत्रिम तालकाहरु रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर–९ जगदीशपुर तालमा जल उद्धार नमुना अभ्यास ( सेमुलेशन ) सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । बिपतको पूर्व तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण हेड क्वाटर कपिलवस्तुको अगुवाइमा स्थानीयको सहभागितामा घटना अभ्यास (सेमुलेसन एक्सरसाईज) गरिएको हो ।

विपद्बारे चेतना अभावले नेपालमा बढी क्षति

प्राकृतिक तथा अन्य प्रकारका विपद् हरेक देशमा हुने गरे पनि विपद् जोखिमबारे जनचेतना कमी हुँदा विकसित देशको तुलनामा नेपालमा बढी क्षति हुने गरेको पाइएको छ।

बढ्दो छ फरक प्राकृतिक विपद्

नेपालमा पछिल्ला केही वर्षका घटनालाई मध्यनजर गर्ने हो भने फरक प्रकृतिका विपद् बढिरहेको देखिएको छ। यस क्षेत्रका विज्ञले पनि कल्पनै नगरेका विपद्जन्य घटनाले जनजीवन प्रभावित भइरहेको बताएका छन्।

विपद्: उच्च जोखिम,न्यून पूर्वतयारी

विपद्पछिको खोज, उद्धार, राहत, पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा खर्चिनुपर्ने रकमको थोरै मात्र भाग पूर्वतयारीमा खर्चिने हो भने पनि जोखिम न्यूनीकरण प्रभावकारी हुन सक्छ।

बबई नदीमा बाढीपछि विपद् व्यवस्थापनको आकस्मिक बैठक

बारबर्दियाका नगर प्रमुख छविलाल थारू र बाँसगपालिका नगर प्रमुख खड्क बहादुर खड्काले दुई दिनमा घटेका सम्पूर्ण घटना डिडिएमसीले सम्बोधन गर्न पर्ने माग गरे। त

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्