भारतमा आज अन्तिम चरणको निर्वाचन
भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ।
भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ।
सल्लेरी–च्याल्सा विद्युत् कम्पनीले पावरहाउस मर्मतसम्भार थालेपछि सल्लेरीका सर्वसाधारण एक सातादेखि अन्धकारमा बस्न बाध्य छन्। पावरहाउसको नियमित मर्मतसम्भार अन्तर्गत नयाँ पावरहाउसको दुई सय ७३ किलोवाटको पेनस्टक पाइप मर्मत नसकिएपछि तोकिएको मितिभन्दा पर धकेलिएको कम्पनीले जनाएको छ।
तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २५ वर्ष पुगेको छ। नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान महत्वपूर्ण भूमिका खेलेका भण्डारीलाई उनका समकालीन नेताहरुले राष्ट्रिय अखण्डता, स्वाधीनताको आन्दोलन र लोकतान्त्रिक सामाजिक न्यायको जग बसाल्ने व्यक्तित्वको रुपमा चित्रण गरेका छन्। उनीसँग लामो समय सहयात्रा गरेका केशव बडालले नेपालको प्रजातान्त्रिक आन्दोलन सफल बनाउन वामपन्थी नेताको रुपमा अग्रणी भूमिका खेलेको बताएका छन्।
सोलुखुम्बुको गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका सुनिल बराईलीको शव भेटिएको छ। विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेपत्ता भएको ९ महिनापछि बराईलीको शव करिब ३५ फिट गहिराईबाट निकालेको हो।
सुडानको सैनिक सत्ता र विपक्षीबीच तीन वर्षभित्र नागरिकलाई सत्ता हस्तान्तरण गर्ने गरी सहमति भएको छ। विपक्षीले सैनिक सत्ता विस्थापन गरी पूर्ण लोकतन्त्रसहित नागरिकको हातमा सत्ता आउनुपर्ने माग गरी महिनौंदेखि प्रदर्शन गरिरहेका छन्।
मन्त्रीका नीजि सचिव प्रेम आर्चायसँग कांग्रेस निकट कर्मचारीहरुले टेबुल ठोक्दै विवाद गरेका थिए। नीजि सचिवलाई गालीगलौजसँगै विवाद गर्न थालेपछि मन्त्री यादव आक्रोशित मुद्रामा आएका थिए। ‘सरुवामा कसैको नेतागिरी चल्दैन्’ उनले भने ‘तपाइँहरु संयमित हुनुस्।’ मन्त्रीले यसो भन्दा कांग्रेस निकट कर्मचारीहरु शाेभाकर रेग्मीलाई उद्योग विभागमा किन सरुवा गरेको भन्दै झन आक्रोसित बनेका थिए।
सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, दार्चुला, बाजुरा, डोटी, अछामबासीले नयाँ सवारी चालक अनुमतिपत्र लिन तराई झर्नुपर्ने बाध्यता छ। सवारी चालक अनुमतिपत्रका लागि सुरुमा फोटो खिच्न, लिखित परीक्षा र ट्रायल गरी ३ पटक कैलाली तथा कञ्चनपुर जाँदा हजारौं खर्च हुने गरेको छ।
आन्दोलनरत पूर्वका चिया श्रमिक र उद्योगीबीच न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन विषयमा सहमति जुटेको छ। श्रमिकका माग पूरा गर्न उद्योगी सहमत भएपछि श्रमिकले जारी राखेको ४३ दिनदेखिको आन्दोलनसमेत स्थगित भएको छ।
भारतमा भइरहेको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आइतबार छैटौं चरणको मतदान सम्पन्न भएको छ। आइतबार सात राज्यमा ५९ सिटका लागि भएको मतदानमा सात सय ९७ जना उम्मेदवारले प्रतिस्पर्धा गरेको निर्वाचन आयोगले जनाएको छ। यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो।
भारतमा भइरहेको तल्लो सदन लोकसभा निर्वाचन अन्तर्गत आइतबार छैठौं चरणको मतदान भइरहेको छ। आइतबार ५९ सिटका लागि भइरहेको निर्वाचनमा ७९७ जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ। यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो।
प्रचलित शिक्षा ऐन तथा नियमावलीलाई लत्याउँदै रौतहटका विभिन्न स्थानीय तहले निजी (संस्थागत) विद्यालयलाई अनुमति दिएका छन्। स्थानीय तहहरूले विद्यालयको सम्भाव्यता अध्ययन नै नगरी जथाभावी विद्यालय सञ्चालनको अनुमति दिँदा जिल्लाको शैक्षिक क्षेत्रमा विकृति थपिएको छ। स्थानीय तहको आडमा सञ्चालित यस्ता निजी विद्यालयहरूले पुनः भर्ना, पाठ्यपुस्तक तथा परीक्षा शुल्कका नाउँमा चर्को रकम असुल गरिरहेका छन्।
ठेकेदार र खाद्य संस्थानका कर्मचारीको मिलोमतोमा बीच बाटामै बिक्री गरिएपछि लक्षित व्यक्तिहरूले चामल नपाएको खुलासा भएको हो। डोल्पाका स्थानीयका लागि भनेर पठाइने अनुदानको चामल रुकुममै बिक्री भएको हो।
चावहिल–साँखु सडकखण्ड मर्मतको माग गरी आन्दोलनमा उत्रिएका स्थानीयवासीमाथि प्रहरीले बिहीबार धडपकड गरेको छ। धरपकडमा आठ घाइते भएका छन्, जसमा चार–चार स्थानीय र प्रहरी छन्। चुच्चेपाटी–बौद्ध–जोरपाटी मूल सडक संघर्ष समितिको अगुवाईमा स्थानीयले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेको थियो।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनको आधार र मापदण्ड बनाउने कामलाई तीव्रता दिएको बताएका छन्।
आजको परिवर्तनलाई संस्थागत गर्नकालागि लोकतान्त्रिक शक्तिबीच लय अनिवार्य छ र त्यो लय विकास गर्न कमसेकम साना दलहरूको एकताले मद्दत गर्नेछ।