५ माघ २०८१ शनिबार
image/svg+xml

प्रमुख प्रतिपक्षीकाे अवरोधबीच नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको भन्दै नियमापत्ति गरेको थियो ।

पाँचौं चरणको मतदान सम्पन्न

भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान सम्पन्न भएको छ। सात राज्यका ५१ स्थानका लागि सोमबार मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ।

फोरम र नयाँ शक्तिको नौं बुँदे सहमतिपत्रमा के छ ?

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको छ। सोमबार प्रज्ञा भवनमा भएको कार्यक्रममा नाैं बुँदे सहमतिसहित एकता भएको हो। अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले नौं बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

समितिमै अल्झियो नाम र स्थायी राजधानी

प्रदेश ५ मा नाम र स्थायी राजधानीको विषय फेरि विशेष समितिमै अल्झिएको छ। विशेष समितिकै सदस्यबीच प्राप्त सुझावका आधारमा नाम र राजधानी सिफारिस गर्ने वा नगर्ने भन्ने विषयमा मत बाझिएपछि राजधानी तोक्ने प्रक्रिया लम्ब्याइएको हो। समितिका सदस्यकै मत बाझिएपछि आइतबारको बैठकले फेरि विज्ञ समिति गठन गरी सुझाव लिने निर्णय गरिएको छ।

कागजमै सीमित नीति–कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओलीको दुईतिहाइ बहुमतको शक्तिशाली सरकारप्रति आम नागरिकका अपेक्षा धेरै ठूला छैनन्। सरकारले अघि सारेका विकास निर्माणका काम समयमा पूरा हुनासाथ सर्वसाधारणले समवेत स्वरमा सरकारको जय मनाउँछन्। तत्काल देखिएका समस्या भनेकै आयोजनाहरूको कामले गति नलिनु हो। प्रधानमन्त्री ओलीका सपना ज्यादै ठूला छन्। सपना देख्नुपर्छ भन्ने उनका मान्यता सरकारका नीति तथा कार्यक्रममा समेट्न खोजेको देखिन्छ। तर जनताले त्यति धेरै ठूला सपना अहिल्यै पूरा हुनुपर्छ भनेका छैनन्।

‘जनताले चाहे राजतन्त्र आउँछ’

भैरहवा–प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनताले चाहे राजतन्त्र पनि आउन सक्ने बताएका छन्। जनताको मन जितेर दुईतिहाइ मत ल्याउन सके देशमा राजतन्त्र फर्कने उनले बताए।

सहमतिमा टुंगियो विवाद

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई र प्रारम्भिक कक्षा पढाई कार्यक्रमबीचको विवाद लिखित सहमतिमा टुङ्गिएको छ। समन्वय इकाई प्रमुख सिंहराज डाँगीले प्रारम्भिक कक्षा पढाई कार्यक्रम संयोजक रणबहादुर कार्कीले आफुसँग समन्वय र आर्थिक पारदर्शिता नदेखाएको आरोप लगाउँदै आएका थिए। जसको कारण दुई पक्षबीच विवाद हुँदै आएको थियो।

नाका सञ्चालनार्थ दुरुस्त बनाइँदै राजमार्ग

नाका बन्द हुँदा ओझेलमा परेको राजमार्ग मर्मत, सम्भार नहुँदा झन्–झन् जीर्ण बन्दै गएको थियो। आफ्नो क्षेत्रमा चीनले सडक मर्मत लगभग सकेको छ भने डिभिजन सडकले पनि राजमार्ग सुधारलाई अन्तिमतिर पु¥याएको छ। ‘जेठभित्रै राजमार्गलाई दुरुस्त बनाउने प्रयासमा छौँ,’ प्रमुख इन्जिनियर झाले भने।

वाग्मती बचाऊँ

नेपालमा खासगरी काठमाडौँ उपत्यकाभित्र र अन्य मुख्य–मुख्य सहर वस्तीमा केही दशकदेखि भू–माफियाको ठूलो चलखेल भइरहेको छ। जसलाई भ्रष्ट कर्मचारीतन्त्र, नवधनाढ्य जो जमिन किनी आफ्ना कालो धन सेतो धन बनाउन चाहन्छन्, तिनले र राजनेताहरूले पनि ठूलो सहयोग पु-याइरहेका छन्।

तीनपानेमा जीप दुर्घटना, तीन जनाको मृत्यु

लतिपुरको बाग्मती गाउँपालिका –३ तीनपानेमा गएराति भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरी बर्दिबासका १९ वर्षीय विशाल थापामगर, ललितपुर तीनपानेकी १७ वर्षीया सुनिता लोप्चन र १८ वर्षीया सरिता मोक्तान रहेको प्रहरीले जनाएको छ।

भारतमा चौथो चरणको मतदान बलिउडका कलाकारको बाक्लो उपस्थिति

भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार शुरु भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदानको लागि त्यहाँ बिदा दिइएको छ।

क्षमताभन्दा बढी भार बाेक्ने सवारीमाथि कारवाही

आकस्मिक चेकजाँचका क्रममा त्यस्ता ८५ वटा सवारीसाधनलाई कार्बाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी सहायक निरीक्षक इन्द्रभूषण मिश्र नेतृत्वको ४ सदस्यीय चेकजाँच टोलीले गरेको कार्बाही अभियानका क्रममा ७ मेट्रिक टन बढी भारबहन गरेका १६ वटा सवारीसाधनलाई भने नियन्त्रणमा लिएर राखिएको छ।

पहिला कुट्थे, अहिले काममा सघाउँछन्

बर्दघाट नगरपालिका–७, जिमिरेभार नवलपरासीका चन्द्रबहादुर कुँवर र उनकी पत्नी मीनाबीच एक वर्ष अघिसम्म दिनहुँजसो झगडा र कलह हुन्थ्यो। जसको कारणले श्रीमान र श्रीमती आपसमा खुलेर कुराकानी गर्न हिच्किचाउँथे। चन्द्रबहादुर कहिल्यैँ पनि कतै जाँदा पनि श्रीमतिलाई सोधेर हिँड्दैनथे।

सीके राउत पार्टी दर्ता गराउन काठमाडौंमा

स्वन्तन्त्र मधेसको अभियान छाडेर संवैधानिक प्रक्रियामा सामेल भएका सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ। आयोगमा जनमत पार्टी दर्ता गर्ने उदेश्यसहित राउत नेतृत्वको टोली काठमाडौं आएर संवैधानिक र कानुनी प्रक्रिया सम्बन्धी आवश्यक सल्लाह र छलफल गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्