५ आश्विन २०८१ शनिबार
image/svg+xml

हात्ती गाउँ प्रवेश गरेपछि स्थानीय त्रासमा

धरानको बराहक्षेत्र नगरपालिका भरौल र नडाहामा रातको समयमा हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरि जाग्राम बस्न बाध्य भएका छन्।

जनतासँगकाे परामर्शविना कुनै काम महानगरले गर्दैनः उपमेयर डंगोल

खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै सोमबार दबावमुलक अभियान चलाइरहेका स्थानीय र संरक्षण अभियान्ताले काठमाडौं महानगरपालिकाकी डंगोल र प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्।

सम्झौता तोड्न स्थानीय बासिन्दाको माग

साकेला गाउँपालिकाका स्थानीय बासिन्दाले मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने चखेवाभञ्ज्याङ-सेखुवा (१० किलोमिटर) सडकखण्ड कालोपत्र योजनाको ठेक्का तोड्न माग गरेका छन्।

गाउँका सिंहदरबार सबल बनाउन अर्बौं खर्च, उपलब्धि न्यून

जनप्रतिनिधिको तालिम तथा क्षमता विकासका लागि प्रत्येक प्रदेशमा वार्षिक ३५ करोड रूपैयाँ छुट्याउने गरिएको छ।

हिंसामुक्त समाज निर्माणमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण: मुख्यमन्त्री शाही

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्थानीय तहका उपप्रमुख÷उपाध्यक्षहरुका लागि आयोजना गरिएको लैङ्गिक हिंसा निवारण तथा समावेशी स्थानीय शासन सम्वन्धी क्षमता विकास कार्यक्रमले स्थानीय तहमा कानुन कार्यान्वयन गर्ने जनप्रतिनिधिहरुलाई कानुनको बारेमा जानकारी गराउन सहयोग पुग्ने बताए ।

माया खोला हाइड्रोपावरको आइपिओ आउँदै

कम्पनीले पहिलो चरणमा यही मङ्सिर २३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो।

२०७९ को स्थानीय निर्वाचन

स्थानीय तहको निर्वाचनका लागि देशभरिका ७५३ स्थानीय तहमा नेतृत्वका लागि परेको १ लाख ४५ हजार ८३ जना कूल उम्मेदवारहरू चुनावी मैदानमा भिडेका थिए।

विरासत जोगाउन र भत्काउन होड

२०७९ वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत र २०७४ को आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा त्यस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको हो। कांग्रेस, माओवादी, राजपा र एमाले, राप्रपा संघीय समाजवादी फोरमले पाएको समानुपातिक मतलाई लिँदा विपक्षी गठबन्धन सात र सत्ता गठबन्धन ११ क्षेत्रमा अगाडि छन्।

नयाँ संविधानपछिको स्थानीय सरकार

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि एमाले अध्यक्षी केपी ओली नेतृत्वको सरकार गठन भयो तर संविधानप्रति असन्तुष्ट मधेसवादी दलसहितको मागलाई सम्बोधन हुन नसक्दा संविधानले तोकेको सीमाभित्र तीन तहको निर्वाचन नहुने आशंका बढ्दै गएको थियो।

फुङ्लिङमा दुई दिने अनुशिक्षण सुरु

स्थानीय तहको कार्य प्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न तथा विकास र सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिइ आवधिक समिक्षाको आधार प्राप्त गर्न संस्थागत क्षमता स्वमूल्यांकन गरिन्छ।

दुई सहयात्रीबीच प्रतिस्पर्धा

एमालेको एउटै कमिटीमा लामो समय काम गरेका र अघिल्ला निर्वाचनमा सहयोगी भूमिका निभाएका भुसाल र विश्वकर्मा यसपालि भने एकले अर्काको उछितो काडिरहेका छन्। विश्वकर्मा एमाले सचिव हुन्। भुसाल एमाले पार्टी छोडेर स्वतन्त्र रूपमा त्रिभुज लिएर चुनावी मैदानमा उत्रेका छन्। उनलाई सत्ता गठबन्धनको साथ छ। विश्कर्मालाई उनकै गठबन्धन राप्रपा र जसपाको साथ छ।

जिविस २०५४, भोजपुरबाट राई मात्र उपसभापति निर्वाचित

रुकुम जिल्लाका ७० प्रतिशतभन्दा बढी गाउँ विकास समितिका पदहरू रिक्त रहेको र अन्य जिल्लाका पनि कतिपय गाउँ विकास समितिको निर्वाचन हुन नसकेबाट एक विकास क्षेत्रको स्थानीय निकाय निर्वाचन एकैपल्ट सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान भएकाले ती जिल्लाका जिल्ला विकास समिति निर्वाचन स्थगित गरी बाँकी जिल्लाका जिल्ला विकास समितिका निर्वाचनहरू उक्त मितिमा सम्पन्न भएका थिए।

स्थानीय तह निर्वाचन २०५४

स्थानीय निकायमा उम्मेदवार हुनको लागि यस अघि स्थानीय निकाय (निर्वाचन कार्यविधि) ऐन, २०४८ को दफा १५ मा रहेको २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्थालाई संशोधन गरी सबै पदहरूमा २१ वर्ष उमेर पूरा गरेकोले उम्मेदवार हुन पाउने गरी संशोधन गरिएको थियो।

१६ वर्ष अगाडिको द्वन्द्वको झल्को दिने के हो कालिकोट बम विस्फोटको घटना?

करिब बिहानको साढे सात बजेको थियो। बम विस्फोटको आवाज कानमा गुञ्जिएको के थियो प्रवलालको नजर आफ्नै घरतर्फ पर्यो। धुवाँ नै धुवाँले घरसमेत देखिएको थिएन। धुवाँ देखेपछि उनलाई छाँगाबाट खसेजस्तो भयो। उनको होस उड्यो। धान काट्दै गरेका प्रवलाल हतार हतार गरेर घरतिर दौडिए। जब प्रवलाल घरमा पुगे घटनास्थलमा भाइ जयलाल थापाकी छोरी झरना थापाको मृत्यु भइसकेको रहेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्