८ वैशाख २०८१ शनिबार
राजनीति

जनतासँगकाे परामर्शविना कुनै काम महानगरले गर्दैनः उपमेयर डंगोल

काठमाडौंका स्थानीयबासी र संरक्षण अभियान्ताले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगनको माग गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।  

खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै सोमबार दबावमुलक अभियान चलाइरहेका स्थानीय र संरक्षण अभियान्ताले काठमाडौं महानगरपालिकाकी उपमेयर डंगोल र प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझ्दै डंगाेलले भनिन्,  ‘पहिलो प्राथमिकता भनेको आवश्यकता हो कि होइन, भन्ने हो। वरिपरि भएका पार्किङले सम्बोधन गर्छ भने नयाँ सरचना बनाउनै पर्दैन। लोकतान्त्रिक पद्धति सबैभन्दा माथि जनता हो। जनताको मर्मलाई हामिले सधैँ प्राथमिकतामा राख्नु पर्छ। त्यसैले जनतासँगको परामर्शविना कुनै काम महानगरले गर्दैन।’

उनले सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने कुरामा दुई मत नरहेको बताइन्।

ज्ञापनपत्र दिन पुगेका पूर्वमन्त्री तथा कांग्रेस नेता भिमसेन प्रधानले भने, ‘सडक यहीँ हो त्यसैले जुनसुकै ठाँउमा पार्किङग भएनी समस्या आइनै हाल्छ। खुल्ला मञ्च वरिपरी रहको क्षेत्रमा स्कुल, कलेज, अस्पताल रहेकोले त्यहाँ रहेको बिरामी विद्यार्थीहरुलाई धुवाधुलोले समस्या लायाउँछ। त्यसैले टुडिँखेल र खुल्ला मञ्च भूमिगत पानीको ‘रिजार्ज सेन्टर’ हो यसलाई मास्न हुदैन।’

‘वरिपरि सबैतिर पार्किङ हुदा फेरि त्यहीँ किन चाहियो? काठमाडौको जनभावाना नसमेट्ने हो भने मेयर, उपमेयरको केही हैसियत हुदैन,’ उनले भने,’जनताको कुरा सुन्न पर्छ, बरु अझै नयाँ खुला पार्क बनाउनुपर्छ। टुडिँखेल भित्र कुनैपनि हालतमा पार्किङ हुनुहुदैन।’

सोमबार खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन र त्यसलाई खुला पहुँचमा राख्न माग गर्दै स्थानीयहरु महानगरपालिको गेटमा धर्ना दिन पुगेका थिए।

प्रकाशित: १८ पुस २०७९ ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App