२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

सुर्खेतमा बाघको आक्रमणबाट महिलाको मृत्यु, वनमा भेटियो क्षतविक्षत श'व

फाइल तस्बिर।

सुर्खेतको भेरीगंगा नगरपालिका-५ गेरुवानीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५७ वर्षीया गंगा सारु रहेकी छन्।

मंगलबार बिहान घरबाट निस्किएकी सारुको शव बुधबार बिहान घर नजिकैको जंगलमा क्षतविक्षत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार बुधबार बिहान करिब ९ बजेतिर मृतकका दुई नातिनी बाख्राका लागि घाँस काट्न सालघारीमा गएका बेला हजुरआमाको चप्पल, कपडा र रगत लतपतिएको देखेका थिए। लगत्तै स्थानीयले अस्थायी प्रहरी पोस्ट बबईलाई खबर गरेका थिए।

खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, वन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको टोली घटनास्थल पुगेको थियो।

टोलीले कपडा र चप्पल भेटिएको स्थानबाट करिब ६ सय मिटर पूर्वतर्फ महिलाको टाउको फेला पारेको थियो।

टाउको भेटिएको स्थानभन्दा ३ सय मिटर अगाडि शरीरको बायाँ खुट्टा, बायाँ हात र कम्मरको भागको मासु खाएको अवस्थामा शवका टुक्राहरू फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २३ पुस २०८२ १५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App