खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सकिएकाे छ। अन्तिम मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले साेह्र हजार ६१२ मतकाे साथ अग्रता कायम गरेकाे छ।
नेकपा (एमाले) काे देवविक्रम राईले बाह्र हजार ७१४, नेपाली कांग्रेसकाे बिरकाजी राईले एघार ९५७, नेपाली कम्युनिष्ट पार्टीका हरि राेकाले नाै हजार ४४३ र घण्टीले पाँच हजार ७०४ मत पाएकाे जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन्।
बयसट्ठी हजार ५६६ मतगणना भएकाेमा अठाउन्न हजार ६३८ सदर मत र तीन हजार ९२८ बदर मत रहेकाे छ।
प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदाता छन्। जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ ०७:४० आइतबार





