१२ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

साइबर अपराधसम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जानकारी दिए।

साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि ब्यूरोको टोलीले आज दिउँसो प्रसाईँलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउ परेका प्रसाईँमाथि साइबर अपराधसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०८३ २०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App