२० वैशाख २०८१ बिहीबार
image/svg+xml

खुलै राखौं खुलामञ्च

राजनीतिक परिवर्तनसँगै विकास निर्माणको क्रम बढ्दै गयो। र, सँगै विनास पनि बढ्दै गयो। सडकलगायत विभिन्न संरचना निर्माणले धेरै प्राकृतिक स्रोत मासिए।

खुलामञ्चमा फुटबल मैदान बनाउन लागेकोमा अकुपाई टुँडिखेल अभियानको आपत्ति

अभियानले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय खुलामञ्चमा दुईवटा फुटबल मैदान निर्माण गर्न लागिएको जानकारी प्राप्त हुन आएको र त्यसप्रति आपत्ति जनाएको हो।

पुस २८ देखि माघ १ सम्म माघेसंक्रान्ति मेला

म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत रूपमा लाग्दै आइरहेको माघे संक्रान्ति मेला पुस २८ देखि माघ १ सम्म खुलामञ्च बेनीमा आयोजना गरिने भएको छ।

जनतासँगकाे परामर्शविना कुनै काम महानगरले गर्दैनः उपमेयर डंगोल

खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै सोमबार दबावमुलक अभियान चलाइरहेका स्थानीय र संरक्षण अभियान्ताले काठमाडौं महानगरपालिकाकी डंगोल र प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको खुलामञ्चमा उपत्यका भेला (फोटोफिचर)

यस्तै आकांक्षी उम्मेदवारले आजको कार्यक्रमलाई सम्बोधन गर्नेछन्। कार्यक्रमस्थलबाट पार्टी सदस्यका लागि आवेदन दिने व्यवस्थासमेत गरिएको छ। यो पार्टीले केही समयदेखि देशका विभिन्न स्थानमा प्रदेश स्तरीय भेला गर्दै आइरहेकाे छ।

अझै बनेन खुलामञ्चको समाधान योजना

चारैतिरबाट अतिक्रमणको चपेटामा परी साँघुरिएको खुला मञ्चलाई संरक्षण गर्ने दीर्घकालीन योजना अझै बन्न सकेको छैन। काठमाडौंको मुटुमै अवस्थित खुला मञ्च संरक्षण गर्ने विषयमा अभियन्ताहरूले काठमाडौं महानगरपालिकालाई खबरदारी गर्दै आइरहे पनि महानगरले दीर्घकालीन योजना अघि सार्न नसकेको हो।

खुलामञ्चमा राखिएका सामग्री हटाइँदै

काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ।

खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइयो

काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ। राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो।

मंसिर ३ देखि खुलामञ्चमा निःशुल्क खाना वितरण हुने छैन

त्यसरी खाना खुवाउँदा फोहोर भई कोरोना संक्रमणको जोखिम बढ्ने ठहर गर्दै तिहारको भाइटीकाको भोलिपल्टदेखि खुलामञ्चलगायत कुनै पनि सार्वजनिक स्थानमा खाना खुवाउने कार्यक्रम नगर्ने निर्णय गरिएको हो।

मन्दिर परिसरमा पुनः पसल सञ्चालन

खुलामञ्चसँगै जोडिएको दुईमाजु मन्दिर परिसरको टहरामा पुनः पसल सञ्चालन गरिएको छ। काठमाडौं जिल्ला अदालतले फैसला नगरेसम्म मन्दिर परिसरमा पसल सञ्चालन नगर्ने सम्झौता भएपनि व्यापारीले पसल सञ्चालन गरेका छन्।

अकुपाईं टुँडिखेलः शनिबार खुलामञ्चको सरसफाई गरियो

अकुपाईं टुंडिखेल अभियान अन्तर्गत शनिबार खुलामञ्चको सरसफाई गरिएको छ। अभियानको छैठौँ हप्तामा 'सफा, स्वच्छ खुला मञ्च कायम गरौँः खुला मञ्चको फोहोर कसिंगर जरै देखि उखेलेर फालौँ’ भन्ने नारासहित सरसफाई गरिएको हो।

खुलामञ्च सटरपीडित भन्छन्– डुबेको पैसा फिर्ता गरियोस्

खुलामञ्चमा सटर खरिद गरेका साना व्यवसायीले ठेकेदार कम्पनीलाई बुझाएको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन्। जलेश्वर–स्वच्छन्द–बिकोइ बिल्डर्स प्रालिले आफूहरूलाई ठगेको व्यावसायीले बताएका छन्।

अतिक्रमणकारीलाई कारबाही गर

राजधानीकोे मुटुमा रहेको खुलामञ्च कब्जा गरी बनाइएका व्यापारिक टहरा शनिबार जे–जसरी भत्काइएको छ, त्यो जायज छ। अवैध रूपमा टहरा निर्माण गरेपछि त्यसलाई भत्काउन महानगरपालिकाले ताकेता गर्दै आए पनि अटेर गरेपछि मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा नगर प्रहरीले डोजर लगाई टहरा भत्काएको हो।

‘खुलामञ्चका सटर हटाउन प्रधानमन्त्रीको भूमिका स्वागतयोग्य’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै धन्यवाद दिएका छन्।  शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको विशेष साक्षात्कारमा नेता प्रधानले खुलामञ्चको सटर हटाउनको लागि प्रधानमन्त्री ओलीका साथै सञ्चारमाध्यमको पनि भूमिका रहेको बताए।

खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काउन डोजर लगाइयाे

काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काउन सुरु गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको निर्देशनमा कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको टोलीले सटर भत्काएको सुरु गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्