१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा दुई सिटका लागि ४ जनाको मनोनयन

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनका लागि ४ जनाले मनोनयन दर्ता गराएका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले दुई सिटमा चार जनाको उम्मेदवारी परेको जानकारी दिए।

महिलातर्फ एमालेकी लीला कुमारी भण्डारी र नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रोजी बस्नेतले मनोनयन दर्ता गराएकी छन्।  नेपाली कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार महिलातर्फ एमालेकी भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन्।

अन्यतर्फ कांग्रेसका खम्मबहादुर खाती र नेकपाका टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कांग्रेस र एमालेसँग भागबन्डामा सहमति नजुटेपछि नेकपाले एकल रूपमा उम्मेदवार दर्ता गराएको हो।

प्रकाशित: २३ पुस २०८२ १५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App