९ आश्विन २०८१ बुधबार
image/svg+xml

कोहलपुर-६ मा नेकपाका रामशरण निर्वाचित

कोहलपुर नगरपालिका–६ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामशरण थारु निर्वाचित भएका छन्। निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका श्रीकृष्ण थारुलाई ६४ मतको अन्तरले पछाडी पार्दै उनी निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए। कुल २ हजार २६ मतदाता रहेको उक्त वडामा शनिबार भएको मतदानमा १ हजार ६ सय ३४ मत खसेको थियो।

पहिले हार, अहिले जित

तत्कालीन नेकपा एमालेबाट रुपा शाही २०७४ मा भएको निर्वाचनमा ७६ मतले पराजयी भइन्। हारबाट उनी विचलित भइनन्। अझ संघर्ष र पराजयलाई सिकाइका रूपमा लिइन्। त्यसको नतिजा उनले शनिबार सम्पन्न उपनिर्वाचनमा देखाइन्।

५२ मध्ये ४३ स्थानको नतिजा सार्वजनिक

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा रहेको छ। हालसम्म घोषणा भएका ४३ स्थानको मत परिणाममा नेकपाले २४ स्थानमा विजय हासिल गरेको छ।

धरानमा कांग्रेसलाई ७ सय ४५ मतको अग्रता

धरानमा मेयर पदको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले अग्रता कामय गरेका छन्। उनले ७ हजार ९ सय १५ मत ल्याएका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईले ७ हजार १ सय ७० मत प्राप्त गरेका छन्। कांग्रेसले ७ सय ४५ मतले अग्रता कामय गरेको हो।

कास्की-२ः भट्टराई–पौडेल मतान्तर ७ हजार बढी

प्रतिनिधिसभाको उपनिर्वाचनमा कास्की–२ मा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराई र प्रतिद्वन्द्धी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको मतान्तर ७ हजार २९ रहेको छ।

धरानमा नेकपा-कांग्रेसबीच कडा टक्कर

धरानको मेयर पदको लागि भएको निर्वाचनको मतगणना मध्य रातिदेखि जारी छ। अहिलेसम्म ४ वटा वडाको मतगणना सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

कास्की २ मा विद्याको अग्रता कायमै

कास्की २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की विद्या भट्टराईले अग्रता लिएकी छन्। उनले सुरुदेखि नै अग्रता कामय गरेकी छन्। जारी मतगणनामा उनले ८ हजार दुई सय ६५ मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३ हजार ६ सर ६२ मत प्राप्त गरेका छन्। यस्तै समाजवादीका धर्मराज गुरुङले १ सय ७२, साझा पार्टीकी रजनी केसीले ९० मत प्राप्त गरेकी छन्। यो मत वडा नं ३३, २१ र २० को गणना गर्दासम्मको हो।

पर्साको सखुवा पर्सौनी ५ मा समाजवादीका उम्मेद्वार विजयी

पर्सा जिल्लास्थित सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ (महुवन सोलखपुर) को वडा अध्यक्ष पदका लागि भएको उप निर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार बिजयी भएका छन्। समाजवादीका रूपलाल यादवले १०३१ मत ल्याउँदै विजयी भएका हुन्।

मतदाताको सहभागिता घट्दो

जुनसुकै दल वा नेतालाई विजयी गराए पनि विकास र सकारात्मक परिवर्तन जनताले पाएनन्। छलाङ मार्ने काम गफमा मात्र सीमित भयो भन्ने मतदाताको बुझाइ हुन थालेको छ।

उपनिर्वाचनः साकेलामा कांग्रेसको अग्रता

खोटाङको साकेला गाउँपालिका–३ खिदिमामा वडाध्यक्ष चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।

मध्यरात १२ बजेपछि मत परिणाम आउनेछन्ः निर्वाचन आयोग

शनिबार भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले निष्कर्ष निकालेको छ ।

थबाङमा नेकपाका उम्मेदवार वडाध्यक्षमा विजयी

रोल्पाको थबाङ १ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार जनक बहादुर बुढामगर विजयी भएका छन्। उनले १ सय ७४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका कमल बहादुर रोकाले २६ मत ल्याए भने ९ मत बदर भएको छ ।

उपनिर्वाचनमा उत्साहपूर्ण सहभागिता : पुरुष भन्दा महिला बढी

सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ को वडाअध्यक्ष पदका लागि शनिबार उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानमा मतदाताको उत्साहजनक सहभागीता रह्यो ।

पाँचथरमा ६६ प्रतिशत मतदान

पाँचथरमा शान्तीपूर्ण रुपमा उप–निर्वाचन सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरले संकलन गरेको तथ्याङकअनुसार ६६ दशमलव ४ प्रतिशत मतदान भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्