९ आश्विन २०८१ बुधबार
image/svg+xml

बैतडीका तीन वडामा उपनिर्वाचन सम्पन्न

बैतडीका तीन वडामा वडाध्यक्ष पदका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । पुर्चौडी नगरपालिका–४, दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

रामेछापमा शान्तिपूर्ण निर्वाचन

जिल्लाको उमाकुण्ड गाउपालिका वडा नंं ५ प्रितिमा शनिबार जारी वडाध्यक्षको उपनिर्वाचनमा मध्यान्हसम्म आइपुग्दा शान्तिपूर्णरुपमा संचालन भएको छ।

यसरी हुँदैछ, उपनिर्वाचन (फोटोफिचर)

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन्। कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको हो।

निर्वाचनका लागि वडाको नाका ‘शिल’

मतदानको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको नाका ‘शिल’ गरिएको छ। वडाध्यक्षको पदपुर्तीका लागि भइरहेको निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर अघिल्लो दिनदेखि नै खिदिमाको चारैतर्फका गौंडा तथा नाकामा संयुक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।

विभिन्न क्षेत्रमा मतदान सुरु, डाेटी र कास्कीमा बम बिस्फाेट(अपडेट)

उपनिर्वाचनमा ३७ जिल्लाका चार लाख ५४ हजार एक सय १४ मतदाता छन्। मतदान बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ।

दाङमा पनि सुरक्षा कडा

दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष चयनका लागि शनिबार हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

मतदानका लागि तयारी पूरा

उपनिर्वाचनअन्तर्गत जिल्लाको तीन स्थानमा शनिबार हुने मदतानका लागि सम्पूर्ण तयारी पूरा भएको छ। मतदान शान्त वातावरणमा सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

तीन घेरामा सुरक्षा

धरान उपमहानगरपालिकाको मेयर र वडा नम्बर ७ को अध्यक्ष छान्न शनिबार मतदान हुँदै छ। मतदानका लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कास्की–२ मा ७१ हजार मतदाता

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि शनिबार हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ। जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले मतदानका लागि कर्मचारी परिचालनदेखि सुरक्षासम्मको तयारी पूरा भएको बताए।

आज मतदान

आयोगले अन्तिम मतदाता नामवलीमा नाम समावेश भएका तर मतदाता परिचयपत्र नभएका मतदातालाई फोटोसहितको सरकारले जारी गरेको परिचय खुल्ने कागजका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ।

यस्तो छ उपनिर्वाचन पूर्वसन्ध्याको तयारी (फोटो फिचर)

कास्की–२ मा हुने उपनिर्वाचनको लागि सबै तयारी पुरा भएको छ। मतदान हुने सबै मतदान स्थलमा निर्वाचन सामग्री पुगिसकेको निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुबेदीले जानकारी दिए। यसपटक ५६ प्रकारका मात्रै निर्वाचन सामग्री रहेको उनले बताए।

उपनिर्वाचनमा निर्धक्क भएर भाग लिनुस् : निर्वाचन आयोग

निर्वाचन आयोगले मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन आग्रह गरेको छ। आयोगले शुक्रबार भिडियो अपिल गर्दै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पुरा भएको जनाएको छ।

फोटोसहित परिचयपत्र देखाएर मतदान गर्न सकिने

प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

एकतिहाइको निर्वाचन माघ १५ भित्र

संसद् सचिवालयले निर्वाचन आयोगलाई पत्र पठाएर राष्ट्रियसभाका एकतिहाइ अर्थात् १९ सदस्यको निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

मतदान केन्द्रमा तीन घेराको सुरक्षा

मंसिर १४ मा मेयर र एक वडाअध्यक्ष पदको उपनिर्वाचन हुन लागेको धरान उपमहानगरपालिकाको मतदान स्थलहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्