७ आश्विन २०८१ सोमबार
image/svg+xml

उम्मेदवारले खर्च विवरण अझै बुझाएनन्

विपक्षी दलहरूले पनि चुनावका लागि दबाब सिर्जना गर्न थालेका छन्, तर अर्काे चुनाव आउँदासम्म पनि २०७४ सालमा भएको संघ र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका उम्मेदवारले आफ्नो खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छैनन्।

आयोगद्वारा आइतबारबाट निर्वाचनको दैनिक ‘प्रेस व्रिफिङ’

निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ।

सहयोग गर्ने देशहरूलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ: प्रवक्ता डा.महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन्।

चुनावकेन्द्रित प्रशिक्षणमा एमालेः परमादेशवालासँग हाम्रो लडाइँ सुरु भयो, ओली

‘आज हामीले जनादेशमार्गी लोकतन्त्र अपनाएका छौं तर परमादेशमार्गीहरू सरकारमा छन्। त्यसबाट जनमतको अपमान भएको छ । अब निर्वाचनमा परमादेशवाला र जनादेशवालाबीच लडाइँ हुनेछ । जनमतका माध्यमबाट हुने लडाइँमा हाम्रो विजय हुन्छ। हामी वास्तविक लडाइँको मैदानमा प्रवेश गरेका छौं।’

स्थानीय तह निर्वाचन नमूना बनाऔँ!

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र तुल्याउन तथा मतदाताको सहभागिता बढाउन सूचना र प्रसारणका माध्यमद्वारा गर्न सकिने कार्यबारे छलफल गरेको छ।

नागरिकका दैलाको सरकार छान्दा

आवधिक निर्वाचन नै संघीयताको सुन्दर पक्ष हो भन्ने कुरा स्थापित मूल्यमान्यता बनाउनु आवश्यक छ नत्र शासन व्यवस्थाप्रति नै नागरिक वितृष्णा बढेर जाने र अराजकताले मौका पाउँदा राज्य असफल हुन सक्छ।

किसानका माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोधः राउत

जनमत पार्टी निर्वाचनविरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं। निर्वाचनमा जानुअगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनुपर्‍यो। किनकी एकैदिनमा यो समस्या समाधान हुने होइन। यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने छैन।

स्थानीय चुनावः दलहरु आन्तरिक छलफलमा जुटे

आसन्न स्थानीय तहको निर्वाचन घोषणासँगै राजनीतिक दल र मतदाताले चुनावी बहस सुरु गरेका छन्। आगामि वैशाख ३० गते एकै चरणमा स्थानीय तहमा निर्वाचन गर्ने सरकारी निर्णयसँगै दलहरु आन्तरिक छलफलमा जुटेका हुन्। सर्वसाधारणले पनि चुनावी माहोलबारे चर्चा गर्न थालेका छन्।

लोसपाद्वारा मधेश प्रदेशमा स्थानीय चुनाव असोजमा गर्न माग

लोसपाले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने बताएको छ।

स्थानीय सरकार छनोटमा सावधानी

गठबन्धन सहयोगी नेताहरूको भूमिकाबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई सजिलो भएको छैन। यो स्थितिमा उनले निर्धारित मितिमै निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गरेर लोकतन्त्रको साख बचाएका छन्।

एमाले चुनावतिर, एस पार्टी संगठन विस्तारमा

प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका इन्चार्ज तथा सहइञ्चार्ज, प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरू, प्रदेशअन्तर्गतका सबै जिल्ला कमिटी इन्चार्ज, सहइन्चार्ज, पदाधिकारीलगायत सहभागी हुने एमालेले जनाएको छ।

स्थानीय तह निर्वाचन सुनिश्चित

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ।

संविधान संशोधनको अपरिहार्यता

सरकार स्थानीय तहको निर्वाचनको घोषणा गर्न अन्तिम रस्साकस्सीमा पुगेको अवस्थामा यो विषयलाई लिएर कुनै मुद्दा परेमा वा अन्य कुनै संवैधानिक इजलासबाट हेरिनुपर्ने विवाद सर्वाेच्च अदालतमा पुगेको खण्डमा न्यायालयले कसरी आफ्नो भूमिका निर्वाह गर्ला भन्ने आमचासोको विषय बनेको छ।

सुरु भयो निर्वाचन तयारी

स्थानीय तहको निर्वाचन घोाषणा गर्नुअघि नै सरकारले सुरक्षाका चारवटा अंगलाई निर्वाचन सुरक्षा कार्ययोजना बनाउन निर्देशन दिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनसम्बन्धी सुरक्षा योजना बनाउन निर्देशन दिइएको हो।

एमाले सचिवालय बैठक बस्दै

स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्