१० मंसिर २०८१ सोमबार
image/svg+xml

कित्ताकाट खुलाऊ, ब्याज मिनाहा गर

कित्ताकाट रोकिँदा घरजग्गा व्यवसाय चौपट भएको भन्दै उनीहरुले चार वर्षदेखि रोकिएको जमिनको कित्ताकाट खुलाउन माग गरेका हुन्।

जग्गाको कित्ताकाट खुलाउन र लोनको किस्ता 'रिईन्स्टलमेन्ट' गर्दै ब्याज मिनाहा गर्न माग

गण्डकी प्रदेशका रियलस्टेट व्यवसायीहरुले कित्ताकाट खुलाउन माग गरेका छन् । गण्डकी जग्गा तथा आवास विकास संघले आइतबार पोखरामा पत्रकार भेटघाट गरि कित्ताकाट रोकिदा घरजग्गा व्यवसाय चौपट भएको भन्दै उनीहरुले ४ वर्षदेखि रोकिएको जमिनको कित्ताकाट खुलाउन माग गरेका हुन् ।

कर्जाको सावाँ र ब्याजको ताकेता नगर्न होटल संघको आग्रह

पोखराको मुख्य बजार क्षेत्रमा विस्तारै चलहपहल बढ्दै गएपनि पर्यटकीय क्षेत्र पनि सुस्ताईरहेको छ । खुकुलो लकडाउनमै व्यस्त बजारका व्यापारिक पसलहरू खुल्दै सहज हुदैं गएका छन्। पर्यटकीय क्षेत्र बौरिन अझै समय लाग्ने छ । कोभिड १९ को महामारी छ । दैनिक सयौंको सख्या कोरोना संक्रमित थपिदैं गएका छन्। पर्यटन क्षेत्र ठप्प छ ।

गरिमा विकास बैंकद्धारा एक महिनाको ब्याज मिनाहा

कोभिड–१९ को संक्रमण रोक्न सरकारले गत चैत ११ गतेबाट सूरु गरेको लकडाउनका कारण सार्वजनिक यातायात क्षेत्र पनि प्रभावित भएको भन्दै गरिमा विकास बैंकले नयाँ योजना सार्वजनिक गरेको छ। बैंकले यात्रुबाहक सवारी साधन खरिद गर्न कर्जा लिएका ऋणीलाई प्राथमिकतामा राख्दै एक महिनाको ब्याज छुट दिएको निर्णय गरेको जनाएको छ ।

बैंकको ब्याजदर एकल अंकमा आउँछः मन्त्री खतिवडा

अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले बैंकको ब्याजदर एकल अंकमा आउने दाबी गरेका छन्। नेपाल उद्योग परिसंघको १७ औं बार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा उनले आगामी आवको साउनदेखी बैंक वित्तीय संस्थाको ब्याजदर एकल अंकमा झर्नै दावि गरेका छन्।

बैंकको निक्षेप बढ्दै कर्जा घट्दै, साउनबाट निक्षेपको ब्याजदर घट्ने

कोभिड–१९ को संक्रमणका कारण सरकारले लकडाउन (बन्दाबन्दी) को घोषणा गरेको आज ९८ औं दिन हो। लकडाउनका कारण मुलुकका बैक वित्तीय संस्थामा निक्षेप संकलन बढ्दै गएको छ भने कर्जाको माग घट्दै गएपछि बैकहरुले नयाँ रणनिती अपनाउने भएका छन्।

नागरिक लगानी कोषले ब्याजमा १० प्रतिशत छुट दिने

कोरोना भाइरसका कारण समस्यामा परेका ऋणीलाई नागरिक लगानी कोषले ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ।

ब्याज मिनाहा र न्यून व्याजदरमा ऋण उपलब्ध गराउन होटल व्यवसायीको माग

होटल व्यवसायी संघ सुर्खेतले कोरोना संक्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेको भन्दै यो अवधिको बैंकको ब्याज मिनाहा र न्यून व्याजदरमा ऋण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बिहीबार विज्ञप्तिमार्फत संघले व्यवसायीहरूले घर भाडा र बैंकको व्याज तिर्न नसकेर पलायन हुने अवस्था आएको बताएको छ ।

'ब्याजमा छुटको विषय मौद्रिक नितीमा सम्वोधन हुनुपर्छ'

लामो लकडाउनमा मुलुकको बैंकिङ क्षेत्रमा पनि असर परेकोले सरकारले ब्याजमा छुट दिने विषयमा गरेको निर्णय बैंक वित्तीय संस्थाको हितमा नभएको नेपाल बैंकर्स संघ (एनविए)का पूर्व अध्यक्ष राधेश पन्तले बताएका छन्।

एक प्रतिशत ब्याजमा २० अर्ब पूनर्कर्जा दिन आग्रह

मुलुकका गरिव तथा विपन्न वर्गलाई बिनाधितो लघुकर्जा दिने उदेश्यले स्थापना भएका लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई एक प्रतिशत ब्याजदरमा पूनर्कर्जा दिन आग्रह गरेका छन्।

साना किसानलाई निर्ब्याजी ऋण

सरकारले वितरण गर्ने अनुदान तथा सहुलियत ऋण टाठाबाठाले मात्र उपभोग गरेको गुनासो आइरहेका बेला बागमती प्रदेश सरकारले साना किसानलाई निर्ब्याजी ऋण दिने भएको छ । किसानलाई ब्याज नै नलाग्ने गरी ऋण दिन लागेको सम्भवतः मुलुकमा यो पहिलोपटक हो ।

करको ताकेता

लामो कालखण्डपछि मुलुकमा स्थिर र बलियो सरकार आएपनि यसका अधिकांश निर्णय आलोचनामुक्त छैनन्। सरकारले कोभिड–१९ महामारीको सेरोफेरोमा ल्याएको बजेट तुलनात्मकरूपमा विगतकाभन्दा राम्रो छ। तर त्यही बजेटमा आएका केही प्रावधानका कारण आचोलनाबाट मुक्त हुन सकेको छैन।

प्रदेश २ का किसानलाई राहत : चार महिनाको ब्याजमा अनुदान

प्रदेश २ सरकारले किसानलाई चार महिनाको ब्याजमा अनुदान दिने भएको छ । कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनले कृषि क्षेत्रमा नराम्रो असर पारेको भन्दै सरकारले कृषकलाई अनुदान दिन लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्