८ वैशाख २०८१ शनिबार
अर्थ

जग्गाको कित्ताकाट खुलाउन र लोनको किस्ता 'रिईन्स्टलमेन्ट' गर्दै ब्याज मिनाहा गर्न माग

जग्गा तथा आवास विकास संघको मागबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा गण्डकी जग्गा तथा आवास विकास संघका अध्यक्ष अरुण स्टोम त्रिपाठी (बोल्दै)सहित अन्य पदाधिकारी । तस्बिर : सन्देश/नागरिक

गण्डकी प्रदेशका रियलस्टेट व्यवसायीहरुले कित्ताकाट खुलाउन माग गरेका छन् । गण्डकी जग्गा तथा आवास विकास संघले आइतबार पोखरामा पत्रकार भेटघाट गरि कित्ताकाट रोकिदा घरजग्गा व्यवसाय चौपट भएको भन्दै उनीहरुले ४ वर्षदेखि रोकिएको जमिनको कित्ताकाट खुलाउन माग गरेका हुन् ।

कित्ताकाट गर्न नपाउँदा थलिएका घरजग्गा ब्यबसायीहरु कोरोना महामारी र लकडाउनका कारण थप थिलथिलो भएको भन्दै व्यवसायीलाई जोगाउनका लागि कित्ताकाट खुलाउन आवश्यक रहेको उनीहरुको भनाई छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि ब्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई जग्गाको कित्ताकाट खुलाउन आदेश दिएपनि सरकारले कित्ताकाट खुलाउन आलटाल गरिहेको संघको आरोप छ । संघले अख्तियारको आदेश तत्काल कार्यान्वयन गर्दै कित्ताकाट खुलाउन माग माग गरेको छ ।

कित्ताकाटपनि रोकिएको र अहिले आएर कोरोना र त्यसको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनले हाम्रो व्यवसाय धरासायी भयो,‘संघका अध्यक्ष अरुण स्तोम त्रिपाठीले भने,‘तत्काल कित्ताकाट नखुलाउने हो भने हामी रियलस्टेट व्यवसायी टाँट पल्टिन्छौं ।’ संघले लकडाउनका कारण निर्माणाधीन हाउजिङ र अपार्टमेन्टको काम अहिले रोकिदा व्यवसायी थप मारमा परेको बताए ।

संघले ब्यवस्थित सहर बसाउने योजना नबन्दा अब्यबस्थित बसोबास र अब्यवस्थित सहरीकरण बढिरहेको बताएको छ । पछिल्लो क्रममा जग्गा कित्ताकाट रोकिदा अपारदर्शी तरिकाले कित्ताकाट गर्ने र अब्यवस्थित बसोबासको क्रम बढेको उसको आरोप छ । संघले ब्यवस्थित जग्गा कित्ताकाट गर्ने ब्यबस्था गर्न माग गरेको छ । कित्ताकाट गर्ने वैधानिक बाटो रोकिदा अवैध तरिका अप्नाउने गतिविधी बढ्यो,‘उनले भने,‘जसका कारण पारिवारिक अंशवण्डा भन्दै जग्गा काट्ने र बिक्री गर्ने क्रम ह्वात्तै बढ्यो, यसले ब्यवस्थित बसोबास भन्दा अब्यवस्थित र भद्रगोल बसोबास बढ्यो ।’ कित्ताकाट रोक्दैमा मानिसको शहरमा बस्ने चाहना नरोकिने संघले बताएको छ । हामी जबरजस्ती कित्ताकाट गर्ने पक्षमा छैनौं,‘अध्यक्ष त्रिपाठीले भने,‘खेतीयोग्य जमिनमा बस्ती बसाल्न हुँदैन भन्नेमा हामी स्पष्ट छौं ।’

संघले रियलस्टेट, हाउजिङ र अपार्टमेन्टको लागि निश्चित मापदण्ड कायम गर्दै मापदण्ड पूरा गरेकाले मात्र यसको ब्यबसाय गर्न पाउने नियम बनाउन माग गरेको छ । खेतीयोग्य जमिनलाई जोगाउँदै व्यवस्थित बस्ती विकास गर्नुपर्छ, ‘संघका निवर्तमान अध्यक्ष अर्जुन पोखरेलले भने,‘ कडा भूबनोट भएको क्षेत्रमा आवास क्षेत्र बनाउने, उर्वभरजमिनमा खेती लगाउने पद्धतीको विकास गर्न अब ढिला गर्नुहुँदैन ।

संघले वैंकको कर्जाको रिईन्स्टलमेन्ट (पुर्नतालिकीकरण) गर्न र ब्याज मिनाहा गर्नपनि माग गरेको छ । ४ वर्षदेखि कित्ताकाट रोकिदा रियलस्टेट व्यवसाय थिलथिलो भएको थियो,‘उनले भने,‘अहिले आएर कोरोनाले घस्रेर हिंडिरहेको यो व्यवसायको गति ठप्प भयो, राज्यले कित्ताकाटपनि रोक्ने अनि कोरोनालेपनि थला पारेकाले अब हामी वैंकको लोन र ब्याज बुझाउन सक्दैनौं ।’ वैंकले कर्जाको किस्ता र ब्याजका लागि ताकेता गरिरहेको भन्दै यसले व्यवसायीलाई आतंकित पारिरहेको उनले बताए । कर्जाको पुर्नतालिकीकरण र ब्याज मिनाहा गर्दै जग्गाको कित्ताकाट खुलाउन सकेमात्र रियलस्टेट व्यवसायले राहत महशुष गर्ने अध्यक्ष त्रिपाठीले बताए ।

गण्डकी प्रदेशमा १८० रियल स्टेट व्यवसायी बैधानिक रुपमा रहेको र उनीहरुको ५ अर्ब लगानी रहेको संघले जनाएको छ ।

प्रकाशित: २८ असार २०७७ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App