कित्ताकाट खुलाऊ, ब्याज मिनाहा गर
कित्ताकाट रोकिँदा घरजग्गा व्यवसाय चौपट भएको भन्दै उनीहरुले चार वर्षदेखि रोकिएको जमिनको कित्ताकाट खुलाउन माग गरेका हुन्।
कित्ताकाट रोकिँदा घरजग्गा व्यवसाय चौपट भएको भन्दै उनीहरुले चार वर्षदेखि रोकिएको जमिनको कित्ताकाट खुलाउन माग गरेका हुन्।
गण्डकी प्रदेशका रियलस्टेट व्यवसायीहरुले कित्ताकाट खुलाउन माग गरेका छन् । गण्डकी जग्गा तथा आवास विकास संघले आइतबार पोखरामा पत्रकार भेटघाट गरि कित्ताकाट रोकिदा घरजग्गा व्यवसाय चौपट भएको भन्दै उनीहरुले ४ वर्षदेखि रोकिएको जमिनको कित्ताकाट खुलाउन माग गरेका हुन् ।
होटल व्यवसायी संघ सुर्खेतले कोरोना संक्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेको भन्दै यो अवधिको बैंकको ब्याज मिनाहा र न्यून व्याजदरमा ऋण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बिहीबार विज्ञप्तिमार्फत संघले व्यवसायीहरूले घर भाडा र बैंकको व्याज तिर्न नसकेर पलायन हुने अवस्था आएको बताएको छ ।