१० असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नागरिक लगानी कोषले ब्याजमा १० प्रतिशत छुट दिने

कोरोना भाइरसका कारण समस्यामा परेका ऋणीलाई नागरिक लगानी कोषले ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ।  

कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीले लिएको आवास कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा ब्याज भुक्तानी गर्ने सहभागीहरुलाई ब्याज भुक्तानीमा छुट दिने भएको हो।

कोषबाट कर्जा लिएको ऋणीले लकडाउनका कारण गत चैत ११ गतेयता असारसम्मको ब्याज भुक्तानी गरे १० प्रतिशत छुट दिने निर्णय गरेको कोषले जनाएको छ।  

चैतदेखी ब्याज नतिरेका ऋणीले तिर्न बाँकी नियमित साँवा र ब्याजको रकम इन्भेष्टमेन्ट बैंक तथा कृषि विकास बैंकमा असार मसान्तभित्र बुझाई १० प्रतिशत छुट लिन सक्नेछन्।  

कोषका अनुसार आवास कर्जा र सरल कर्जाको साँवा/ब्याज भुक्तानी गरेको एक प्रति भौचर बैंकको शाखामा पेश गर्नूपर्नेछ।  

कोषले नियमित रूपमा रकम जम्मा गरी कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष लगायत लगानीकर्ता हिसाब योजनामा सहभागी सेवाग्राहीको कोरोना भाइरसका कारण मृत्यु भएमा क्षतिपूर्तिवापत २ लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ।

 

प्रकाशित: १४ असार २०७७ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App