१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कर्जाको सावाँ र ब्याजको ताकेता नगर्न होटल संघको आग्रह

पोखराको मुख्य बजार क्षेत्रमा विस्तारै चलहपहल बढ्दै गएपनि पर्यटकीय क्षेत्र पनि सुस्ताईरहेको छ । खुकुलो लकडाउनमै व्यस्त बजारका व्यापारिक पसलहरू खुल्दै सहज हुदैं गएका छन्। पर्यटकीय क्षेत्र बौरिन अझै समय लाग्ने छ । कोभिड १९ को महामारी छ । दैनिक सयौंको सख्या कोरोना संक्रमित थपिदैं गएका छन्। पर्यटन क्षेत्र ठप्प छ । ठप्पै रहेको अवस्थामा समेत पश्चिमाञ्चल होटल संघ पोखराले कर्जाको साँवा र ब्याज भुक्तानका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरूसँग आग्रह गरेको छ ।

पर्यटन तथा होटल क्षेत्रलाई आषाढ मसान्तको कारण देखाउँदै बैंक तथा वित्तीय क्षेत्रबाट साँवा तथा ब्याज भुक्तानको निम्ती गरिएको ताकेताले झनै तनाबमा पुर्याएको संघले जनाएको छ । संघका अध्यक्ष विकल तुलाचनले यो विषम परिस्थितिमा व्यवसायीले कर्जा भुक्तानी गर्ने स्थिति रहेको उल्लेख गरे । ‘विद्यमान समयमा कर्जा भुक्तानको लागि बैंक तथा वित्तीय क्षेत्रबाट ताकेता तथा मानसिक दबाब दिँदा असहज परिस्थिति उत्पन्न हुने छ । असहज परिस्थितिको भागिदार बैंक तथा वित्तीय नै हुनुपर्छ ।’ उनको भनाई थियो ।  

सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको लागि खुकुलो बनाएको छ । तर त्यसमा अझै होटल व्यवसाय परेको छैन् । होटल व्यवसाय बन्दकै अवस्थामा छन् । बन्दकै समयमा बैंक तथा वित्तिय संस्थाले कर्जाको सावाँ तथा ब्याज भुक्तान गर्न असमर्थ रहेको संघले उल्लेख गरेको छ । ‘यस्तो अवस्थामा पनि होटल तथा पर्यटन व्यवसायीलाई कर्जाको सावाँ तथा ब्याज भुक्तानीको निम्ति ताकेता वा जोडवल नगरिदिन सम्पूर्ण बैंक तगथा वित्तिय संस्थालाई संघ मार्फत आग्रह गर्छौ ।’ उनको भनाई थियो ।  

संघले पुनकर्जाको कार्यविधि जारी गर्न नेपाल राष्ट्रबैंकले ढिलाई गरेको प्रति गनुासो गरेको छ । पुर्नकर्जाको कार्यविधि र मौद्रिक नीति असार मसान्तभित्रैमा जारी गर्नुपर्ने भन्दै साउनमा जारी गर्ने तयारी गरेको प्रति संघले असन्तुष्टी जनाएको छ । घोषणा गरिएको लकडाउनकै कारण पर्यटन तथा होटल क्षेत्र विगत साढे तीन महिनादेखि पूर्णरुपमा ठप्प भएको छ । कारोबार शून्य रहेको छ ।  

सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणसँगै पर्यटन व्यवसायीहरू उत्साहित भएका थिए । तर विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कै कारण सबै क्षेत्रमा असर पुर्याएको छ । पर्यटन तथा होटल व्यवसायमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी लगानी गरिएको अवस्थामा यस्तो परिस्थिति बैंक तथा वित्तिय संस्थाहरूले सहयोगी भूमिका खेल्नुपर्नेमा संघका अध्यक्ष तुलाचनले जोड दिए । उनले पर्यटन मध्ये होटल उद्योगमा खर्बौ रुपैयाँ लगानी रहेको उल्लेख गर्दै हजारौं संख्या श्रमिकले रोजगारी प्रत्यक्ष तथा अप्रत्यक्ष पाएको बताए । श्रमिकसँग निर्भर परिवार तथा होटल उद्योगबाट निर्भर अन्य व्यवसायको समेत भविष्य अन्यौल छ ।  

संघीय सरकारद्वारा बजेटमा कोभिड–१९ प्रभावित उद्योग व्यवसायको पुर्नजागरण एवं पुर्नत्थान गर्न विशेष आर्थिक राहत प्याकेज घोषणा गर्नुपर्ने आवाज उठाईरहेका छन्। सरकारले एक खर्बका पुनर्कर्जा कोषको स्थापना गरी कर्जा उपलब्ध गराउने घोषणा गरेको स्वागत गर्दै छिटो कार्यान्वयन गर्ने तर्फ संघले जोड दिएको छ ।

प्रकाशित: २३ असार २०७७ ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App