१२ आश्विन २०८१ शनिबार
image/svg+xml

हवाई आक्रमणमा आठ विद्यार्थीको मृत्यु

मङ्गलबार साउदी नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणमा परी यमनको राजधानी साना नजिकै कम्तिमा आठ जना विद्यार्थीको मृत्युभएको छ ।

भीरबाट लडेर दुईको मृत्यु

भिरबाट लडेर गए राति दुई मजदुरको मृत्यु भएको छ। वामे – ३ बाहुनघाटमा झोलुङ्गे पुल निर्माणमा संलग्न मजदुरको राति करिब ५० मिटर तल खसी घटनास्थलमै मृत्यु भएको हो ।

जङ्गली हात्तीको आक्रमणबाट पर्यटकको मृत्यु

सौराहामा आज जङ्गली हात्तीको आक्रमणबाट एक पर्यटकको मृत्यु भएको छ। सौराहास्थित हात्ती प्रजनन् केन्द्रको अवलोकनका लागि परिवारसहित पुगेकी भारत गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

रौतहटको भलोहीया-३ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १९ वर्षीय दिलीप महतो र ३० वर्षीय देवेन्द्र तिवारी छन्। ना२च ८४१२ नम्बरको उक्त ट्याक्टर बाक्लो हुस्सुका कारण रोडबाट दस फिट तल खाल्डोमा झरेको प्रहरीले जनाएको छ।

सडकको पर्खालबाट लडेर मजदुरको मृत्यु

सतबाँझ–श्रीभावर सडकखण्डखन्ने क्रममा सडक किनारको पर्खालबाट लडेर एक जनामजदुरको मृत्यु भएको छ। आइतबार गुरुखोला–८ काण्डेका ७७ बर्षीय हरिदत्त भट्टको बासुलिंग–४ तडीगाउँमा कामगर्ने बेला सडक किनारमा रहेको पर्खालबाट खस्दा घाइते भएको प्रहरीले जनाएको छ।

कश्मिरमा आतंकवादी आक्रमण, तीन सैनिकको मृत्यु

भारत प्रशासित कश्मिरको अखनुर जिल्ला भारतीय सैनिकमाथि आक्रमण भएको छ। सो आक्रमणमा तीन जना भारतीय सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ।

महिलाको शंकास्पद मृत्यु, हत्या भएको माइती पक्षको आरोप

रौतहटमा एकजना महिलाको शंकास्पद मृत्यु भएको छ। रौतहटको फतुहा महेशपुर गाविस १ का सन्तोष कुमार साहकी २१ बर्षिया श्रीमती लालमुनी कुमारीको शनिवार विहान शंकास्पदरुपमा मृत्यु भएको भन्दै माइती पक्षले हत्या भएको आरोप लगाएका छन्।

घाईते कार्कीको खर्च अभावमा मृत्यु

शुक्रबार साँझ भएको हर्देनी जीप दुर्घटनामा घाईतेमध्ये एकको आईतबार निधन भएको छ। दुर्घटनामा घाईतेहरुको उपचार खर्च बेहोर्ने जीप मालिककै निधन भएका कारण खर्च अभावमा अस्पतालले उपचार गर्न नमानेपछि घाईते लिलबहादुर कार्कीको राजधानीस्थित वीर अस्पतालमा उपचार गर्न लगेको आधा घण्टामै निधन भएको हो।

पुरूषको संकास्पद मृत्यु

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का ५३ वर्षीय जगन्नाथ चौलागाईं घर नजिकै मृत फेला परेका छन् ।  घरबाट धारामा पानी लगाउन भनी हिँडेका चौलागाईं राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दै जाँदा भदौरेस्थित वीरबहादुर वाइबाको बारीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

भिरबाट लडेर मृत्यु

जिल्लाको उत्तरी क्षेत्र सोरु भेगको फोतु गाविसमा निर्माणाधीन अवस्थामा रहेको एक सिंचाई आयोजनामा काम गर्न गएका एक स्थानीय युवकको भिरबाट खसेर मृत्यु भएको छ।

जीप दुर्घटनामा मालिककै मृत्युपछि घाइतेको उपचारमा समस्या

अघिल्लो साँझ यहाँ जीप दुर्घटना हुँदा मालिककै निधन भएपछि घाइतेहरुको उपचारमा समस्या परेको छ। दुर्घटनामा घाइतेहरुको उपचार खर्च गाडी मालिकले व्यहोर्ने परम्परा रहेकोमा मालिककै निधन भएपछि उपचारमा आर्थिक समस्या परेको आफन्तले बताएका छन्।

दुई वर्ष अगाडि नै ओम पुरीले गरेका थिए, आफ्नो मृत्युबारे भविष्य वाणी !

–बलिउड अभिनेता ओम पुरी अब हामीबीच रहेनन्। उनको शुक्रबार निधन भएको छ। बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ओम पुरीले दुई वर्ष अगाडि आफ्नो मृत्युका विषयमा भविष्य वाणी गरेका थिए।

जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिद्धिचरण लोकमार्गअन्तर्गत हर्देनी गाविस–३ गहुँबारीमा शुक्रबार साँझ एउटा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

जीप दुर्घटनामा २ को मृत्यु

जिल्लाको पश्चिमी गाविस हर्देनीमा जीप दुर्घटना हुँदा २ जनाको निधन भएको छ भने ७ जना गम्भीर घाईते भएका छन्। कटारी बजारदेखि पहाडी गाविस हर्देनीको गहुँबारीतर्फ जाँदै गरेको स १ ज ३०९ नम्बरको बोलेरो जीप हर्देनी र गहुँबारीको बीचमा भीरमा साँझ ६ बजे दुर्घटना हुँदा हर्देनी ४ का जीप सञ्चालक ३४ वर्षीय टंक बस्नेत र हर्देनी १ की ३२ वर्षीय भिमकुमारी राउतको घट्नास्थलमै निधन भएको स्थानीयले बताएका छन्।

भारी बर्षा र बाढीबाट दक्षिणी थाइल्याण्डमा ६ को मृत्यु

दक्षिणी थाइल्याण्ड अबिरल बर्षा र बाढीको कारण कम्तीमा ६ व्यक्तिको मृत्यु भएको छ । यस प्रकोपको कारण उडानसेवाहरु समेत ढिला भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्