१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्काकामा सडक दुर्घटनाः मन्त्रीसहित दुईको मृत्यु

श्रीलङ्कामा भएको सवारी दुर्घटनामा परी एकजना मन्त्रीसहित २ जनाको मृत्यु भएको छ। कोलम्बो–काटुनयाके एक्सप्रेसवेमा बिहीबार भएको सडक दुर्घटनामा श्रीलङ्काका जल आपूर्ति राज्यमन्त्री सनथ निशान्त र एक प्रहरी अधिकृतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राज्य मन्त्रीको गाडी एक्सप्रेसवेको कन्दाना पुलिस डिभिजनमा कन्टेनर ट्रकसँग दुर्घटनाग्रस्त भएको हो।

राज्यमन्त्री र प्रहरी अधिकारीलाई अस्पतालमा भर्ना गर्दा मृत्यु भई सकेको अस्पताल स्रोतलाई उद्धृत गरी प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते गाडीको चालकको भने उपचार भइरहेकोे छ। रासस

प्रकाशित: १२ माघ २०८० ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App