२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकलकाे ठक्करले स्कुटी चालकको मृत्यु

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको चुनदेवी आकाशे पुलनजिक मोटरसाइकलले स्कुटीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२२ प ८७३२ नं. को मोटरसाइकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२१ प ९०३२  नं. को स्कुटीलाई ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार बस्ने ओम केसी गम्भीर घाइते भए।

उनलाई मध्यपुर अस्पताल ठिमी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुार शवलाई पोष्टमाटर्मको लागि भक्तपुर अस्पताल भक्तपुर ल्याइएको छ।

दुर्घटना भएका सवारी साधन र स्कुटी चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ९ घर भई काठमाडौं कपन बस्ने रोशन तामाङलाई प्रहरी वृत्त जगातीमा राखिएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १० माघ २०८० ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App