१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मिनि बस र ट्रक ठोक्किदा एकको मृत्यु, २ जना घाइते

बाँकेको कोहलपुर–१४ हवल्दारपुरमा आज बिहान ट्रक र मिनी बस ठोकिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–६ खैरेनीका ३५ वर्षीय रामकृष्ण गोतामे रहेका छन्।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन्।

घाइते हुनेमा रुकुम पश्चिम सानिभेरी गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय लोकेन्द्र विक र उनको श्रीमती ३५ वर्षीया रामकला विक रहेका छन्। घाइते दुबैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनी बस र पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्न लागेको ना ५ ख ८५६६ नम्बरको ट्रक एक आपसमा ठोक्किको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले बताए।

प्रकाशित: ११ माघ २०८० ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App