१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सोलुमा चुनाव खर्च ३ करोड रुपैयाँ

सोलुखुम्बु स्थानीय तहको निर्बाचनका लागि निर्वाचन आयोगले झन्डै ३ करोड रुपैयाँ उपलब्ध गराएको छ। आयोगले असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड ८९ लाख ३७ हजार रुपैयाँ उपलब्ध गराएको छ। निर्वाचनको तयारी र खर्च स्वरूप यो रकम प्राप्त भएको जिल्ला निर्वाचन कार्यलयले जानकारी दिएको  छ।

स्थानीय तहको संख्या थप्ने सहमति, स्वतन्त्र हैसियतमा चुनाव लड्दै राजपा

सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निर्वाचनअघि नै स्थानीय तहको संख्या थप गर्ने भएकोे छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सत्ता पक्ष र राजपाबीचको बैठकमा निर्वाचनमा सहभागी हुन राजपाले स्थानीय तहको संख्या थपलाई सर्त बनाएपछि सत्ता साझेदार दल त्यसका लागि तयार भएका हुन्।

प्रदेश २ मा असोज २ मा चुनाव, १, ५ र ७ मा असार १४ मै

सरकारले निर्वाचन आयोगको सहमतिबिनै प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन असोज २ गते सारेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश नम्बर २ को चुनाव मिति असोज २ गते सार्ने निर्णय गरेको हो।

थरुहट, मधेस र लिम्बुवानमा पनि असोज २ गते चुनाव : राजेन्द्र महतो

२ नम्बर प्रदेशमा मात्र चुनाव सारेर हुँदैन। लिम्बुवान, थरुहट र मधेसका सबै ठाउँमा चुनाव मिति सार्नुपर्छ र असोज २ गते चुनाव गर्नुपर्छ। २ नम्बर प्रदेशमा मात्र चुनाव सार्ने निर्णय हामीलाई मान्य छैन।

दुई नम्बर प्रदेशको चुनाव स्थगित

सत्तारुढ दलले दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय गरेका छन्। माओवादी केन्द्रका नेता एवं गृहमन्त्री जनार्दन शर्माले असार १४ गतेको चुनाव दुई नम्बरमा प्रदेशमा स्थगित गरिएको जानकारी दिए। बाँकी १, ५ र ७ प्रदेशमा भने असार १४ गते नै चुनाव हुने उनले बताए।

यथास्थितिमा कुनै पनि मूल्यमा चुनाव हुँदैन : महतो

राजपा नेता राजेन्द्र महतोले यथास्थितिमा कुनै पनि मूल्यमा चुनाव हुन नदिने र आफ्नो क्षमताले भ्याएसम्म मधेसी जनताले चुनावको अवरोध गर्ने बताएका छन् । रौतहटको गौरमा आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन गरी मधेसीको मागलाई पूरा गरेर स्थानीय तहको निर्वाचन गराउँदा आफूहरुले भाग लिन आतुर रहेको बताएका छन् ।

चुनाव विरोधी राजनीतिको औचित्य के?

मधेसकेन्दित राजनीति गर्दै आएका उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरम र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक दुवै चुनावमा सक्रियतासाथ लागिपरेका छन्। यस्तो अवस्थामा राजपाको चुनाव बहिष्कार र बिथोल्ने राजनीतिको औचित्य पुष्टि हुँदैन।

चुनावविरोधी षड्यन्त्रको एमालेले प्रतिवाद गर्ने

एमालेले सरकारमै रहेका दलका नेताहरूको अभिव्यक्तिका कारण दोस्रो चरणको स्थानीय तह चुनावबारे अन्योल बढेको निष्कर्ष निकालेको छ। सत्तासीन दलकै नेताले चुनाव मिति सर्नेजस्ता भ्रमपूर्ण धारणा सार्वजनिक गरेर अन्योल बढाएको निष्कर्ष एमालेले निकालेको हो। स्थायी कमिटीको बुधबार सम्पन्न बैठकले यस्तो निष्कर्ष निकालेको हो। एमालेले अन्योल बढाउने खेललाई सत्ता लम्ब्याउने चालको संज्ञा दिएको छ।

'चुनाव सारे राजनीतिक बेइमानी'

मधेसको मुख्य मुद्दा संविधान संशोधन हो, सरकारले सक्छ भने संशोधन गरोस्, नभए चुनाव सारेर समय बर्बाद गर्नुको कुनै औचित्य  छैन। भरतविमल यादव

चुनाव नरोकिए, आन्दोलन रोकिन्न : राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका राजेन्द्र महतोले मधेसी लगायत उत्पीडत जनताको हक अधिकार मिचेर संविधान ल्याइएको र त्यसमा ठप्पा लगाउनैका लागि निर्वाचन थालिएको भन्दै यसलाई सफल हुन नदिने बताएका छन्।

मधेसमा चुनाव: पैसा र कुटुम्ब धेरै हुनेको बेग्लै रवाफ

बरियारपट्टी गाउँपालिका–१ मा वडाध्यक्षका प्रत्याशी रामऔतार यादव (५५) ले पार्टीबाट अझै टिकट पाइसकेका छैनन् ।

चुनावी तयारीमा अवरोध गर्दै राजपा

आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचन अगावै संविधान संसोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा)का नेता कार्यकर्ताले सोमबार पर्सामा चुनावी कार्यक्रम बिथोलेका छन्।

चुनाव जित्नेमा ढुक्क छैनन् उम्मेदवार

ठूलो दल नेपाली कांग्रेस, एमाले र माओवादीले प्रचारप्रसार तिब्र पारेपछि यहाँको चुनावी सरगर्मी बढेको छ। चर्को गर्मीको प्रवाह नगरी यी दलले पहिलो चरणको घरदैलो समेत सकिसकेका छन्।

'आन्दोलनले चुनावी रङ भंग नहोस्'

‘अधिकारका ठूला कुरा गरेर पेट भरिँदैन, पेट भर्न मजदुरी गर्नुपर्छ। चुनाव भए विकास हुन्छ जसले हामीलाई रोजगारीको अवसर दिन्छ।'

राजपाको अवरोधले चुनावमा असर पर्दैन : उपेन्द्र यादव

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशमा चुनाव कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । दोश्रो चरणको चुनाव जुनसुकै हालतमा हुन्छ, यादवले भने,‘राजपा चुनावमा भाग लिन तयार छन् । पार्टी दर्ता र चुनाव चिन्ह पाए चुनावमा आउँछन् ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्