९ आश्विन २०८१ बुधबार
image/svg+xml

दोस्रो चरण स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार बसेको बैठकले आगामी असार १४ मा दोस्रो चरणको स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ।

निर्वाचन विरोधी गतिविधि गर्ने विप्लबका दुई कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले प्रक्राउ गरेको छ। निर्वाचन विरोधी गतिविधि गरेको भन्दै पौवा दुम्मा गाउँपालिका ४ बास्तिमबाट जीवन राई र मानबहादुर राईलाई प्रक्राउ गरेको हो।

दोश्रो चरणको निर्वाचनका लागि मतदान अभ्यास

दोश्रो चरणको निर्वाचनका लागि अहिले गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम चलिरहेको छ । तर पनि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्न नसकेको गुनासो आइरहेको छ।

दोश्रो चरणको निर्वाचन असार १४ गते

स्थानीय तहको दोश्रो चरणको निर्वाचन आगामी असार १४ गतेलाई सारिएको छ ।  यस अघि जेठ ३१ गते तोकिएको निर्वाचन असार ९ गतेलाई सारिएको थियो ।

निर्वाचनको विकल्प निर्वाचन: प्रधानमन्त्री

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको आगामी असार ९ गतेका दिन मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पुनःविचार गर्न माग गरिएको छ।

जित-हारभन्दा माथिको निर्वाचन

कामचलाउ अवस्थामा रहेका प्रम दाहालको छवि यो कार्यकालमा स्मरणयोग्य थियो तर भरतपुर महानगरपालिकाको मतगणना विवादले उनको छविमा धब्बा लागेको छ।

दोश्रो चरणको निर्वाचन असार ९ गते गर्ने सरकारको निर्णय

सरकारले जेठ ३१ का लागि तय गरेको दोश्रो चरणको निर्वाचन असार ९ गतेका लागि सार्ने निर्णय गरेको छ ।

एमालेले मतपत्र कब्जामा लिएको माओवादीको आरोप, पुनःनिर्वाचन गराउन माग

भरतपुर महानगरपालिकाको मतगणना चल्दै गर्दा मतपत्र च्यातिनुमा नेकपा माओवादी केन्द्रले एमालेलाई दोष दिदै प्रेस विज्ञप्ती निकालेको छ।

ज्यानै जोगाउन गाह्रो भयो : भरतपुरका मुख्य निर्वाचन अधिकृत न्यौपाने

भरतपुर महानगरपालिकाको मत गणना भइरहँदा मुख्य निर्वाचन अधिकृत मतगणनास्थल कभर्डहलमै थिए। मध्यरात सामान्य विवादपछि माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्याते। प्रहरीले माओवादीका दुई बुथ प्रतिनिधिलाई पक्राउ गरेको छ। घटनाबारे सञ्चारकर्मीसँग कुरा गर्दै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने भन्छन्, ‘रणभूमिमा के कति हताहती भयो भनेजस्तै स्थिति छ। कसले च्यात्यो, कतिवटा मतपत्र च्यातियो भन्न सक्ने स्थिति छैन।’ पढ्नुहोस् अन्तरर्वाता

पुनःनिर्वाचन एमालेलाई अस्विकार्य, मतगणना सुचारु गर्न माग

आइतबार मध्यरातमा मतपत्र च्यातिएको विवादपछि स्थागित भएको भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न नेकपा (एमाले) चितवनले माग गरेको छ। एमालेले सो कार्य माओवादी केन्द्रका नेताको निर्देशनमा उक्त पार्टीका द्रोणबाबु सिवाकोटी, मधु न्यौपानले लगायतको संलग्नतामा भएको बताएको छ।

निर्वाचन कार्यालय स्थापना आज

दोस्रो चरणमा निर्वाचन हुने चार सय ६१ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ।

कसैले चाहँदैमा निर्वाचन सर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार संसद्मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन कुनै पनि हातलमा जेठ ३१ गतेभन्दा पर नजाने दाबी गरेका छन्।

दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमा नै हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरेका छन्।

दोश्रो चरणको निर्वाचनका लागि सेना परिचालन गरिने

आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि महोत्तरी जिल्लामा नेपाली सेना खटाइएको छ ।

नसारौं निर्वाचन

पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको परिस्थितिमा दोस्रो चरणलाई पर धकेल्नु कुनै अर्थमा पनि उचित होइन। यसले अनावश्यक भ्रम र आशंका सिर्जना गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्