४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

दोस्रो चरण स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार बसेको बैठकले आगामी असार १४ मा दोस्रो चरणको स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ।

दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ का रुकुम, नवलपरासीसमेत गरी ४३ जिल्लाका ४६१ स्थानीय तहमा निर्वाचन हुनेछ। असार २ सम्म उम्मेदवारको मनोनयन दर्ता र असार ५ मा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ।

जेठ ३१ मा हुने भनिएको दोस्रो चरणको स्थानीय निर्वाचनको कार्य तालिका दोस्रो पटक परिवर्तन गरी असार १४ मा सारिएको हो। यसअघि असार ९ गते स्थानीय तह निर्वाचन मिति तोकिएको थियो।

इन्फोग्राफिक्स सौजन्यः नेपाल भोट्स/ट्विटर

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App