काठमाडौँ – स्थानीय तहको दोश्रो चरणको निर्वाचन आगामी असार १४ गतेलाई सारिएको छ । यस अघि जेठ ३१ गते तोकिएको निर्वाचन असार ९ गतेलाई सारिएको थियो ।
९ गते मुस्लिम समुदायको पर्व रमजान परेकोले उक्त पर्वलाई मध्येनजर गर्दै बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले निर्वाचन असार १४ मा गर्ने निर्णय गरेको हो ।
पहिलो चरणको निर्वाचन भने वैशाख ३१ गते सम्पन्न भएको थियो । पहिलो चरणमा प्रदेश नं ३,४ र ६ मा निर्वाचन भएको थियो भने दोश्रो चरणमा १, २, ५ र ७ मा हुँदैछ।
प्रकाशित: १७ जेष्ठ २०७४ ०४:०० बुधबार