५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रजातन्त्र दिवसमा ताप्लेजुङ कारागारबाट सजाय मिनाह पाएर छुटे ६ कैदी

प्रजातन्त्र दिवस २०७८ को अवसरमा ताप्लेजुङ कारागारबाट ५० प्रतिशत सजाय भुक्तान गरी सजायको क्रममा असल आचरण देखाएका ६ जना कैदी बाँकी सजाय मिनाह पाइ मुक्त भएका छन्।

प्रजातन्त्र दिवसमा चितवन कारागारका ११ कैदीको सजाय मिनाहा

राष्ट्रपति कार्यालयले कैदीबन्दीको सजाय मिनाहा तथा आममाफी दिएको सूचना शुक्रबार नै निकाले पनि कैदीवन्दीहररू आज प्रजातन्त्रको दिवसको दिन छुटेका हुन्।

नाइकेको आतंकबाट कारागारमा रहेकाहरु पीडित बन्दै

कारागारभित्र चौकीदार, मुख्य नाइके तथा भाइ नाइकेहरुले आफ्नो साम्राज्य नै चलाउने गरेको र तिनीहरुको आतंकले कैदीबन्दीहरु थर्कमान हुने गरेको बताउँछन्।

मानव बेचबिखन मुद्दाका आरोपित कारागार चलान

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पीडितले दिएको जाहेरीका आधारमा प्रतिबादी शोभाकुमारी बोहरालाई जिल्ला कारागार दैलेखमा थुनामा राखिएको छ।

गुन्डा नाइके अभिषेक गिरीलाई कारागार प्रवेश गराउने र नगराउनेको प्रदर्शन

मोरङ कारागारमा सरुवा भएर प्रवेश नपाएपछि उनकै योजनामा कारागारमा अनेकौं झमेला हुँदै आएको स्रोतले बताएको छ। गिरीलाई अहिले सप्तरी कारागारमा राखिएको छ। गिरीलाई सहज रुपमा कारागार प्रवेश गराउनु पर्ने माग राख्दै आइतबारदेखि उनी समर्थक कांग्रेसका नेता कार्यकर्ताले मोरङ कारागार अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनको नेतृत्व काँग्रेस विराटनगर महानगर समितिका सहसचिव सचिन पोखरेलले गरेका थिए।

विजोग कारागार कहिले बन्छन् सुधार गृह..

क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको जिल्ला कारागारको समस्याको पोका फुकाएरै साध्य छैन।भवन अभावले कारागारमा रहेका साँघुरा कोठामा १३ जनासम्मको विस्तरा हुन्छ। कोचाकोच गरेर रात काट्नुपर्ने बाध्यता रहेको एक कैदीबन्दीले बताए।

मोरङ कारागारमा एक कैदीको मृत्यु

शर्मालाई नाताभित्रकी बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो। उनी जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका कैदी हुन्।

घाँटीमा पासो लगाएर कैदीले गरे आत्महत्या

आज दिउँसो कारागारको शौचालयमा कैदीबन्दी साहले घाँटीमा गम्छाको पासो लगाएर झुन्डिएको बखत अर्को कैदीले देखेका थिए।

बोक्सीको आरोपमा मलमूत्र खुवाउने चारजना कारागारमा

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ।

नाइजेरियामा बन्दुकधारीले कारागारमा आक्रमण गरी ८ सय बढी कैदी भगाए

नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट ८०० भन्दा बढी कैदी भगाएका छन्।

कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

क्षमता भन्दा बढी कैदी बन्दी हुँदा बसोबासका लागि पनि निकै समस्या भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए।

गौर कारागारबाट ५ कैदी रिहा

गौर कारागारमा जेल जीवन बिताइरहेका कैदी बन्दीमध्ये सवैभन्दा राम्रो आचरण भएको कैदीलाई आममाफी दिने चलन छ। यिनीहरूको अचारणमा सुधार आएको र कैद भुक्तान गर्न थोरै समय रहेकोले उनीहरूलाई कारागारबाट रिहाइ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।

कारागारका बन्दीको मृत्यु

जबरजस्ती करणी मुद्दामा असार ७ गते मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उनी अदालतको आदेशपछि मोरङ कारागारमा बन्दी जीवन बिताइरहेको पोखरेलले जानकारी दिए।

केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप

तीन हजार २१५ कैदीबन्दी रहेको केन्द्रीय कारागारभित्र तीन जेल रहेका छन्। हाल सो जेलमा एक हजार ८२२, भद्र जेलमा एक हजार ३८ र महिला जेलमा ३५५ कैदीबन्दी छन्। उक्त जेलमा १६ नाबालकसमेत छन्। कोरोनाको पहिलो चरणमा केन्द्रीय कारागारमा कोरोना सङ्क्रमणका कारण आठ जनाको निधन भए पनि दोस्रो चरणको कोरोनाबाट कसैले पनि ज्यान नगुमाएको जेलर अधिकारीले बताए।

झण्डै शताब्दी अवस्था हेरेर बनाईएको ताप्लेजुङ कारागारको कथा

करिब शताब्दी अघिको सोच र त्यहिँ आधारमा बनाईएका संरचना २०७८ सालसम्म आईपुग्दा धेरै साँघुरो र कमजोर बनेपनि अर्को बिकल्प नहुँदा यहाँका कैदीबन्दीलाई कोचाकोच गरेर राख्नु परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्