१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कारागारका बन्दीको मृत्यु

मोरङ जिल्ला कारागारमा रहेका एकजना कैदीबन्दीको बिहीबार बिहान मृत्यु भएको छ। मोरङ पथरीशनिश्चरे–१० घर भएका ६० वर्षीय भीमलाल सुब्बाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको निमित्त जेलर रामप्रसाद पोखरेलले बताए।

जबरजस्ती करणी मुद्दामा असार ७ गते मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उनी अदालतको आदेशपछि मोरङ कारागारमा बन्दी जीवन बिताइरहेको पोखरेलले जानकारी दिए। अदालतबाट मुद्दाको किनारा लाग्न बाँकी नै रहेको अवस्थामा कैदीबन्दीको मृत्यु भएको हो । पोखरेलका अनुसार बुधबार राति १० बजेतिर एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोसी अस्पताल लगिए पनि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पतालमा बिहान २ बजेतिर मृत्यु भएको हो।  

मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको बताइएको छ। मृतक सुब्बाको शव अन्त्यष्टिका लागि परिवारका सदस्यले बुझेर लगेको पोखरेलले बताए।

प्रकाशित: २४ भाद्र २०७८ ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App