५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मोरङ कारागारमा एक कैदीको मृत्यु

मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका एक कैदीबन्दीको शनिबार बिहान मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–७ घर भएका ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको कारागार प्रशासनले जनाएको हो।

शर्मालाई नाताभित्रकी बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो। उनी जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका कैदी हुन्। शर्मालाई जिल्ला अदालत मोरङले २०७१ मंसिर १२ गते ८ वर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो।  

शुक्रबार राति अचानक न्यून रक्तचापको समस्या देखिएपछि उपचारका लागि कोसी अस्पताल भर्ना गएिको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए। 

पोखरेलका अनुसार स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालले उनलाई शनिबार बिहान ६ बजेतिर डिस्चार्ज दिएको थियो। कारागारभित्र लगिसकेपछि पुनः बिरामी परेसँगै तत्कालै कोसी अस्पताल पुर्‍याउनसाथ बिहान पौने ८ बजेतिर चिकित्सकले मृत घोषित गरेको कारागार प्रशासनले जनाएको छ।  

मृतकको शव परिवारका सदस्यलाई जिम्मा लगाउने तयारी गरिएको र शव बुझेर लैजान परिवार राजी भएको निमित्त जेलर पोखरेलले बताए।  

प्रकाशित: ४ मंसिर २०७८ ०४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App