२० आश्विन २०८१ आइतबार
image/svg+xml

रेड जोनमा २२ जिल्लाः अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लालाई ‘रेड जोन’मा राखेको छ। मन्त्रालयले नयाँ भेरियन्टको कोरोना भाइरस डरलाग्दो गरी फैलिरहेको जनाउँदै २२ जिल्लालाई ‘अति प्रभावित जिल्ला’ को सूचीमा राखेको हो।

जोखिम क्षेत्र बन्द गर्न अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको मृत्युदर बढ्दै गएको जनाउँदै संक्रमणको जोखिम भएका स्थल बन्द गर्न वा सीमित समयमात्र खोल्न अपिल गरेको छ।

२५ जनाभन्दा बढीकाे भेलामा रोक लगाउन सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ। नेपालमा कोभिड-१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भेलामा रोक लगाउन सिफारिस गरेको हो।

चिनियाँ 'भेरोसेल' खोप यहीँ चैत २५ गतेदेखि लगाउने

प्रवक्ता गौतमका अनुसार कोरोनाविरुद्धको खोप ९ लाख मानिसलाई लगाउने योजना सरकारको रहेको छ। जसमध्ये हालसम्म ५ लाखलाई खोप लगाइसकिएको छ भने बाँकी ४ लाखलाई यो 'भेरोसेल'खोप लगाउने उनले बताए।

पछिल्लो २४ घण्टामा १,२१७ जनामा कोरोना संक्रमण पुष्टि

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६४ जना संक्रमणबाट मुक्त भएका हुन्।

देशभर कति जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्? (प्रदेशगत विवरण)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकभर ३ सय ५९ जना आइसियु तथा भेन्टिलेटरमा छन्।

नेपालका यी ६ जिल्ला, जहाँ अहिले एक जना पनि संक्रमित छैनन्

काठमाडौंसहित ७ जिल्लामा भने ५ सयभन्दा बढी व्यक्ति अहिले पनि संक्रमित अवस्थामा छन्, उनीहरू निको हुन बाँकी छ।

६ हजार ५४४ कोरोना संक्रमित निको हुन बाँकी, कुन प्रदेशमा कति ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत आइतबार अपराह्न दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभर कोरोनाबाट संक्रमित हुनेको जम्मा संख्या २२ हजार ९७२ पुगेको हो ।

नयाँ निर्देशिका : अब यी १० अवस्थाका मानिसले गराउनुपर्नेछ कोरोना परीक्षण

पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि तेस्रो संशोधन निर्देशिका जारी गरेको हो ।

कोरोना लागेर थाहै नपाई निको भएका बिरामी पनि पत्ता लगाउने ‘सेरो सर्वेक्षण’ सुरु गरिँदै

‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ बाट थाहै नपाई निको भएका र लक्षण नदेखिएर पनि निको भएका बिरामीको अवस्थाबारे पनि थाहा हुनेछ । नेपालमा कोभिड–१९ का ९७ प्रतिशत संक्रमित बिनालक्षणका देखिएका छन् ।

थपिएकाे संक्रमितकाे संख्या ५५४ कि ५७४ ? मन्त्रालय नै छैन स्पष्ट

मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलन गर्दै पछिल्लाे २४ घण्टामा ५५४ जनामा थप संक्रमण पुष्टि भएकाे जनाएकाे हाे । याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या १२ हजार तीन सय ९जना पुगेकाे छ । तर, मन्त्रालयले सोही पत्रकार सम्मेलन मार्फत पछिल्लो २४ घण्टामा जिल्ला गत संक्रमितको संख्या भने कुल संख्या भन्दा बढि हुन आएको छ । मन्त्रालयले पत्रकार सम्मेलनमा दिएको जिल्लागत विवरण अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको कुल संख्या ५७४ हुन आउँछ ।

संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ। मन्त्रालयले संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हजारदेखि ३८ हजारसम्म खर्च लाग्ने अनुमानसहितको योजना तयार पारेको हो।

महामारीबीच नै स्वास्थ्यमा दर्जनौं सरुवा

कोभिड १९ महामारी सुरु भएयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयभित्रकै दर्जनौं कर्मचारी तथा स्वास्थ्यकर्मी सरुवा र हेरफेर गरेको छ । पटकपटक कामको जिम्मेवारी फेरिएपछि महामारी व्यवस्थापन तथा नियन्त्रणमा समस्या आउन सक्ने विज्ञहरुको राय छ । विभागीयमन्त्री भानुभक्त ढकालले दर्जनौं कर्मचारीको जिम्मेवारी हेरफेर गरिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्