७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

रेड जोनमा २२ जिल्लाः अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लालाई ‘रेड जोन’मा राखेको छ। मन्त्रालयले नयाँ भेरियन्टको कोरोना भाइरस डरलाग्दो गरी फैलिरहेको जनाउँदै २२ जिल्लालाई ‘अति प्रभावित जिल्ला’ को सूचीमा राखेको हो।

मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरसहित मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कंचनपुरलाई रेड जोनमा रहेको जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने बताए।

उनले संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू अपनाउनु नै उत्तम उपाय भएको बताउँदै मास्क लगाउन, भौतिक दूरी कायम गर्न र बेलाबेलामा साबुनपानीले हात धुन अनुरोध गरेका छन्।

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै सार्वजनिक स्थलहरुमा जाने भिडभाड गर्ने कामहरु बन्द गर्ने गराउने कामहरु गर्न अत्यन्त जरुरी भइसकेको जनाएको छ। मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरुको संवेदनशिल भई कडा रुपमा पालना गर्नु गराउन पनि आग्रह गरेको छ।

प्रकाशित: १७ वैशाख २०७८ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App