२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

पछिल्लो २४ घण्टामा १,२१७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार अपराह्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार थप ७७४ पुरुष र ४४३ महिलामा संक्रमण पुष्टि भएको हो।  

योसँगै देशभर कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ।

तर तीमध्ये २ लाख ३१ हजार ६०१ जना निको भइसकेका छन्।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६४ जना संक्रमणबाट मुक्त भएका हुन्।  

त्यस्तै यस अवधिमा थप १२ जना कोरोना संक्रमितको निधन भएको छ। योसमेत कोरोनाका कारण निधन हुनेको संख्या १ हजार ६६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०७७ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App