७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

२५ जनाभन्दा बढीकाे भेलामा रोक लगाउन सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ। नेपालमा कोभिड-१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भेलामा रोक लगाउन सिफारिस गरेको हो। कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले सिफारिसबारे निर्णय गर्न सक्ने बताइएको छ।

नेपालमा कोरोना दोस्रो लहर सुरु भएकोले स्कुल, कलेज, सिनेमा हल जस्ता भिडभाड हुने क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले बताए।

केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आइरहेको छ। त्यस्तै  सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस पनि खुलेका छन्। हिजो मात्रै नेपालमा ३३२ कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार १०० पुगेको छ। त्यस्तै पछिल्लो समय थप ७९ जना निको भएका छन्।

प्रकाशित: २७ चैत्र २०७७ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App