३ कार्तिक २०८१ शनिबार
image/svg+xml

घाँस काट्दै गरेकी श्रीमतीको हत्या

बर्दियाको बढैयाताल गाउँपालिका-१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

भोलि काठमाडौंका ५२ ठाउँमा ५ घन्टा विद्युत अवरुद्ध हुने (सूचनासहित)

भोलि (शनिबार) काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुनेबारे जानकारी गराएको हो।

पहिरोको डरले रातभर सुत्दैनन् ढुमा गाउँका स्थानीय

गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका–५ मा आधादर्जन बढी घरमा क्षति भएको थियो। गाउँमाथिबाट आएको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा गाउँका आधादर्जन बढी घरमा क्षति पुर्‍याएपछि उनीहरु अहिले घरबिहीन भएका छन्।

दुर्व्यवहार गरेको भन्दै प्रहरी निरीक्षक क्षेत्रीलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र

जन प्रतिनिधिहरूलाई दुर्व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव प्रसाद क्षेत्रीलाई कारबाही गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।

जमिन भासिँदै गएपछि पहिरोको जोखिममा गोरखाको खानीगाउँ

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा छ। पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ। यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन्।

कालिकोटका खाद्य डिपो रित्तै, पाइन छाड्यो चामल

कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि सरकारले प्रतिपरिवार २० केजी चामल निःशुल्क दिने गरेको छ।

फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध

अविरल वर्षाका कारण डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको पदमार्ग अवरुद्ध भएको छ।पदमार्ग अवरुद्ध भएसँगै पालिकाभित्रको छेप्का, रेजीलगायतका ठाउँमा बसोबास गर्ने स्थानीय समस्यमा परेका छन्।

भीरबाट लडेर युवकको मृत्यु

हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो।

‘अनागरिक’ डोममाथि ज्यादती

गत वर्ष पुसको घटना हो यो। जाडोयाम भएकाले जसोतसो आगोबाट झुपडीबाट आगो फैलन जोगाएको उनले बताइन्। भरवलिया डोम बस्तीका मानिसहरूले छुवाछूतका नाममा बारम्बार गाउँवासीबाटै यस्ता अत्याचारको सिकार बन्नुपरेको उनको भनाइ छ।

दोलखामा निङ्ग्रो टिप्न गएका बाबुछोरा पहिरोमा बेपत्ता

आइतबार दिनभरको अविरल वर्षा पछि आएको पहिरोले बगाउदा जिल्लाको विगु गाउँपालिका ७ स्थित विगु गाउँमा निङ्ग्रो टिप्न गएका २ जना बेपत्ता भएका छन्।

कर्णालीको काल बन्दै ‘अप्रेसन आवर’

नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि हिमाली तथा पहाडी क्षेत्रका २९ वटा विमानस्थलमा बिहान ६ देखि १२ बजेसम्म मात्रै उडान अनुमति दिएको छ। सो समयमा विमान उड्न नसक्दा ‘रेफर’ गरिएका कतिपय बिरामीले ज्यान गुमाइरहेका छन्।

गिठीदेवीलाई ८९ वर्षमा नागरिकता

बझाङ जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका। गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ। सोही गाउँमा छिन्, ८९ वर्षीया गिठीदेवी जोशी।

आयुर्वेद उपचारमा चेपाङ समुदाय

चितवनको इच्छाकामना गाउँपालिकामा रहेको ‘नागरिक आरोग्य सेवा केन्द्र’ प्रभावकारी बन्दै गएको छ। थेरापी तथा योग सेवाबाट निःशुल्क उपचार हुने भएपछि छोटो समयमा नै बिरामीको आक्रषर्ण बढ्दै गएको हो।

तीन जिल्लाका साना किसानको सारथी फिस्लिङ तरकारी केन्द्र

धादिङको बेनिघाट रोराङ गाउँपालिका १० स्थित जोगिमाराका लोकनाथ डल्लाकोटीले व्यवसायीक रुपमा तरकारी खेत गर्न थालेको २० वर्ष पुग्यो। डल्लाकोटीले २ रोपनी बारीमा मौसम अनुसारको तरकारी लगाउँछन्। यतिखेर उनको बारीमा सिमी तयारी रहेका छन्। तर,उनलाई बजारीकरणको भने समस्या छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्