२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध

फाइल तस्बिर

अविरल वर्षाका कारण डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको पदमार्ग अवरुद्ध भएको छ।पदमार्ग अवरुद्ध भएसँगै पालिकाभित्रको छेप्का, रेजीलगायतका ठाउँमा बसोबास गर्ने स्थानीय समस्यमा परेका छन्।पालिकाको वडा नं ८ स्थित लामा तरा क्षेत्रमा रहेको तटबन्ध नदीले डुवाउँदा पदमार्ग अवरुद्ध भएको हो।यही बाटो भएर सुलिगाड हुँदै फोक्सुण्डोसम्म जाने गरिन्छ।

नदीमा पानीको बहाब बढेसँगै कहाँ क्षति भएको छ जाँचबुझ गरेर व्यवस्थापनतिर लाग्ने शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए। नदी तथा बाढीपहिरोले कुनकुन ठाउँमा पैदलमार्ग क्षति पुर्‍याएको छ उक्त स्थानमा तत्काल वैकल्पिकमार्गका लागि निकुञ्जले पहल गर्ने पनि अधिकृत भण्डारीले जानकारी दिए ।

प्रकाशित: ३० श्रावण २०८० १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App