३ कार्तिक २०८१ शनिबार
image/svg+xml

पहिरोमा पुरिएर बालकको मृत्यु

दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ। बिगु गाउँपालिका-२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो।

करार सेवाबाट हटाएपछि कर्मचारी आन्दोलित

मोरङको बुढीगंगा गाउँपालिकामा तालाबन्दी गरिएको छ। करारको म्याद नथपेको भन्दै करार सेवामा कार्यरत २६ जना कर्मचारीले गाउँपालिकाको मुख्य गेटसहित अध्यक्ष जीननारायण थापा मगर र उपाध्यक्ष अमृताकुमार गच्छदारको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

कांग्रेसका जिल्ला प्रवक्ता एमालेमा प्रवेश

पाणिनी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष समेत रहेकी गौतम एमालेमा प्रवेश गरेकी हुन्।

मुग्लिन–मलेखु सडक विस्तार थालियो

मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ।आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो।

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिएका छन।

एकीकृत बस्तीको निर्माण एक साताभित्रै पूरा गर्ने तयारी

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एक साता भित्रमा अस्थायी एकीकृत आवास निर्माण कार्य पूरा गर्ने बताएको छ।

श्रमदानमार्फत गाउँ विकासमा जुटे लेखर्कवासी

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन्। बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन्।

विद्युत् नपुगेका गाउँमा सोलार बत्ती

ढोरपाटन नगरपालिका-९ छ्यान्तुङकी थमकुमारी भण्डारी अहिले ७० वर्ष पूरा भइन्। उनले अहिलेसम्म टुकी र दियालो बालेर रात कटाउँदै आएकी थिइन्।

गाउँ पस्यो कांग्रेस

सत्तारूढ नेपाली कांग्रेस पार्टी संगठन सुदृढीकरण गर्न शनिबारदेखि गाउँ पसेको छ। महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने कांग्रेसले डेढ वर्ष बित्दा पनि त्यो काम गर्न सकेको छैन।

केदारनाथ पहिरो : जुम्लाका चौर र पेरेगाउँ शोकमा

भारतको केदारनाथमा बिहीबार राति गएको पहिरोमा परी एकै घरका ७ जना सहित एकै गाउँका ९ जना बेपत्ता भएपछि जुम्लाको पातारासी गाउँ पाउपालिका ३ चौरगाउँ यति बेला शोकमा डुबेको छ। गाउँका हरेक घर आँगनमा बसेर स्थानीय घटनाको दुः खना पोखिरहेका छन्। गाउँमा बच्चा देखि वृद्ध सम्मका आँखा ओभानो देखिँदैनन्।त्यो चौर गाउँमा कामका लागि भारत गएकाहरू कहिल्यै पनि बाढी पहिरोमा परेका थिएनन्।

दोलखामा पहिरोमा परी चार जना बेपत्ता, तीनको उद्धार

दोलखाको गौरीशंकर गाउँपालिका–७* मा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन्। बिहिबार साँझ गएको पहिरोमा परेर दुई घरका चार जना बेपत्ता भएको वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिए।

जलाधार संरक्षण गर्न हतुवागढीमा ३० सार्वजनिक पोखरी निर्माण

हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो।

लालपुर्जा हातमा, छैन जग्गाको श्रेस्ता

उक्त गाउँका स्थानीयहरु विगत ४ दशक भन्दा बढी समय देखी पुर्जा विहीन भएका हुन्। अहिले यहाँ ३ सय ८० घरधुरी बसोबास गर्छन्। कुल ८१ बिघा क्षेत्रफलमा बसेको बस्तीका बासिन्दालाई तत्कालीन सरकारले २०५१ सालमा श्रेस्ता कायम नै नभएको लालपुर्जा बाँडेको थियो।

एउटा बच्चाको खोप अर्काेलाई लगाउँदा...

चिकित्सकको लापरबाहीका कारण कान्ति बाल अस्पतालले एक पीडित बालकलाई ३० लाख रूपैयाँ क्षतिपूर्ति भराउनुपर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्