३ कार्तिक २०८१ शनिबार
image/svg+xml

भ्रष्टाचार मुद्दामा पक्राउ परेका गाउँपालिकाका अध्यक्ष निलम्बित

भ्रष्टाचार मुद्दामा पक्राउ परेका यादवमाथि अख्तियारले विशेष अदालतबाट म्याद थप गरेसँगै उनी पदबाट निलम्बित भएका हुन्।

गाउँगाउँमै बजार

कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो। बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो।

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरूको सहजताका लागि सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ। यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ।

हेलम्बु गाउँपालिकाद्वारा पुनःनिर्माणमा सहयोग गर्न आग्रह

मेलम्ची नदीमा आएको बाढीले थप क्षति पुर्‍याउन थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग माग गरेको छ।

बत्तीमुनि अँध्याराे: वाग्मतीमै कर्णाली कहर

उपत्यका भन्नेबित्तिकै धेरैलाई ठुला सहरको सुगम बस्तीजस्तो लाग्छ। राजधानीसँगै भक्तपुर र ललितपुरलाई समेटेर काठमाडौं उपत्यका भनिएकाले पनि यी जिल्ला सुगम मानिएका हुन्। तर ललितपुरमा पर्ने वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन भने आफूहरूले अझै पनि कर्णालीको जस्तै पीडा भोग्न बाध्य रहेको सुनाउँछन्।

राप्तीसोनारी गाउँपालिकामा ७ वर्षमा १४ प्रमुख

हरेक प्रशासनिक काममा नगरप्रमुखले हस्तक्षेप गरेकै कारण प्रशासकीय अधिकृत बस्न नसकेको कर्मचारीहरुको भनाइ छ भने जनप्रतिनिधिलाई नटेरेपछि प्रमुख प्रशासकीय अधिकृत आफैँ सरुवा भएको जनप्रतिनिधिहरु बताउँछन्।

गाउँघर शून्य: घरै वृद्धाश्रम

इच्छाकामना गाउँपालिका-३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ। गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन। धेरै मानिस बसाइँसराइ गरी बजार पुगेका छन्।

पुल बगाएपछि जनजीवन कष्टकर

टेम्केमैयुङ गाउँपालिका-९ स्थित राउतेखोलाको झोलुङे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ। एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो।

चुनढुंगा उत्खननका कारण गाउँ नै पहिराको उच्च जोखिम

उदयपुरको कटारी नगरपालिका-८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ। भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुंगा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराको उच्च जोखिममा परेका हुन्।

गैंडाकोटको बसेनी गाउँ: पहिले पाखो बारी, अहिले सुन्तला घारी

सुन्तला बगैंचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ। बसेनी गाउँमा व्यावसायिक रूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभरा देखिएको छ।

मदिरा खान लाइसेन्स !

जुम्लाको गुठिचौर गाउँपालिकाभित्र मदिरा खान लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ। कार्यविधि बनाएर गाउँपालिकाले तोकिएको मापदण्ड पूरा गरेपछि मात्र बिक्रीवितरण, ओसारपसार तथा सेवन गर्न पाउने प्रमाणपत्र (लाइसेन्स) दिनुपर्ने व्यवस्था गरेको हो।

पहिले बेच्थ्यौं घिउ अहिले किनेर खान्छौं

‘किसानका लागि गाउँपालिकाले गोठ सुधार कार्यक्रम ल्याएका छ तर यसमा सहभागी हुन कोही आउनुहुन्न,’ उनले भने ‘गतवर्ष छुट्याएको ५० लाख बजेट त्यतिकै छ।’

बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय

ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ। जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो।

मनाङका किसानले स्याउ टिप्न थाले

हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन्। जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो।यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्