२३ पुस २०८१ मंगलबार
image/svg+xml

सहरकारीमार्फत कृषिमा आत्मनिर्भर

मौरीपालक महिलाले आफ्नो छुट्टै सहकारी स्थापना गरेर व्यवसाय व्यवस्थित गरिरहेका छन्। किसानबाट सहकारीमा वार्षिक रुपमा ६० टन मह उत्पादन गरेको सहकारीकी व्यवस्थापक देवी ओलीले बताइन्।

भीरमौरीको मह खाँदा बिरामी

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ बोराङमा भीरमौरीको मह खाँदा सातजना बिरामी परेका छन्। उनीहरूले बिहान साढे ९ बजेतिर मह खाएका थिए। मह खाँदा सिकिस्त बिरामी परेका कान्छा लामा र तेसमान तामाङलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।

भीरमौरीको मह खादा ७ जना विरामी

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं ४ बोराङमा भीरमौरीको मह खादाँ ७ जना बिरामी परेका छन्। बिहान साढे नौ बजेतिर मह खादाँ बिरामी परेका हुन्।

रोगले २० घार मौरी मरे

अज्ञात रोगले मौरी मरेपछि दशरथचन्द नगरपालिका–५, पोटाका सुदर्शन लेखक चिन्तित भएका छन्। व्यवसायिक रुपमा मौरीपालन गर्दै आएका लेखकका केही दिनअघि २० घार मौरी मरेका हुन्।

सहकारी मार्फत सम्बृद्धि खोज्दै महिलाहरु

झापाको शिवसतासी नगरपालिका ११ का एक सय ८४ जना महिला मौरी पाल्छन् । घर नै पिच्छे मौरीका घार छन् । झापामा तोरी फुल्ने मौसम गए अन्यत्र जिल्लामा लगेर मौरी चराउछन् । यस पटक पनि मौरी लिएर महिलाहरु दाङ पुर्याए । पूर्वमा चरण क्षेत्र मासिदै गएपछी घारलाई घुमाउदै लैजानु उनीहरुको बाध्यता हो ।

भिरकोटमा मौरीको टोकाइबाट तीन जना बेहोस

जंगली मौरी (खाग) ले टोक्दा तीन जना बेहोस भएका छन्। तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोट अधेरीमा जंगली मौरीले टोक्दा तीनजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय कमल विक, हिरालाल विक र टंकलाल विक रहेको स्थानीय दानबहादुर श्रेष्ठले बताए। तीनै जना बेहोस छन्। त्यस्तै स्थानीय दिलबहादुर विक भागेर सुरक्षित रहेको श्रेष्ठले जानकारी दिए।

कृषकलाई मौरी घार वितरण

रसुवाको नौकुण्ड गाउँपालिकाका कृषकलाई मौरीको घार वितरण गरिएको छ। गाउँपालिकामा महको उत्पादन बढाउन गाउँपालिकाको कृषि शाखाले कृषकलाई मौरीको घार वितरण गरेको हो।

मह बेचेर लखपति

बैतडीका एक युवा मह बेचेर लखपति बनेका छन्। दशरथचन्द नगरपालिका–५, पोटाका ३३ वर्षीय सुदर्शन लेखकले मौरीपालन व्यवसायबाट वार्षीक १० लाख आम्दानी गरेका हुन्। २०५८ सालमा एकघारबाट मौरी पाल्न सुरु गरेका लेखक दुई वर्षयता व्यावसायिक मौरीपालनमा लागेका छन्।

विज्ञ टोलीको निष्कर्ष : चिसो र चरन अभावले मौरी सखाप

जुम्लाको मौरीमा देखिएको अज्ञात रोगबारे अनुसन्धान गर्न आएको मौरी विज्ञको टोलीले चिसो र चरन क्षेत्रको अभावमा मौरी सखाप हुँदै आएको निष्कर्ष निकालेको छ।

भिरमौरीको मह झिक्न जाँदा लडेर मुत्यु

भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर एक व्यक्तिको मुत्यु भएको छ। बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको आइतबार भिरबाट लडेर मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिए ।

अब कर्मी मौरी बनौः प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिल गर्न सरकार, प्रतिपक्षलगायत सबैको सहकार्य आवश्यक रहेको औल्याएका छन्।

विद्यार्थी पढाउन विद्यालयमा मौरीपालन

विद्यालयमा कक्षाकोठा हुन्छ, डेक्स–बेन्च हुन्छन्, खेल्ने मैदान हुन्छ, पुस्तक हुन्छ तर दक्षिणी धादिङका विद्यालयमा कक्षाकोठासँगै मौरी समेत देख्न पाइन्छ।

परिवारै परमधाम

मह र मौरी गुणकारी हुन् । मह काढ्नेले हात चाट्छ र तिनैलाई बढी थाहा हुन्छ महको स्वाद । तर, हिजोआज महको स्वादमा सक्कली स्वाद आउँदैन । भीरमौरीको शिकारले मौरीको गोलोको दोहोलो काढिएको छ । शान्त, सुन्दर र सुखी परिवारको परमधामले मौरीपुस्ताकै अन्त्य हुँदैछ । वास्तवमा यो अत्यन्तै दुःखद् पाटो हो ।

आइएमई इन्स्योरेन्स र मौरीपालन सहकारी संघबीच बीमा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडबीच संघसंग आबद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्