७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

भिरकोटमा मौरीको टोकाइबाट तीन जना बेहोस

तनहुँ - जंगली मौरी (खाग) ले टोक्दा तीन जना बेहोस भएका छन्। तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोट अधेरीमा जंगली मौरीले टोक्दा तीनजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय कमल विक, हिरालाल विक र टंकलाल विक रहेको स्थानीय दानबहादुर श्रेष्ठले बताए। तीनै जना बेहोस छन्। त्यस्तै स्थानीय दिलबहादुर विक भागेर सुरक्षित रहेको श्रेष्ठले जानकारी दिए।
 वन भ्याकुर खाएर दश जना बिरामी
त्यस्तै शुक्रबार साँझ व्यास–१ गल्वुवेशी तल्लो टोलका स्थानीहरू  वन भ्याकुर खाएर बिरामी भएका छन्। शुक्रवार बेलुका सामूहिक रुपमा वनभ्याकुर खाएपछि स्थानीहरू बिरामी परेका हुन्।

बिरामी हुनेहरूमा चक्कर लाग्ने, वान्ता हुने, पेट पोल्ने भएपछि दमौली अस्पतालमा उपचार गरिएको छ। भ्याकुर खाँदा अनाफसिइलेटिक रियाक्सन भएर शरीरमा असर देखाएको र उपचारमा ढिलाई भएको खण्डमा बिरामीको ज्यानै जान सक्ने खतरा हुने उपचारमा खटिएका चिकित्सक  डाक्टर सुनिल पाण्डेले बताए। ‘सबै बिरामीको अवस्था अहिले सामान्य रहेको तर कलेजोमा असर परेर जटिलता निम्त्याउन सक्ने हुँदा निगरानीमा राखीएको हो,’ उनले भने।

बिरामी पर्नेहरुमा  गल्वुवेशीका स्थानिय ४० वर्षिय माया राना, ३१ वर्षीय गुनुमाया गुरूङ, ३६ वर्षिय माया गुरूङ, ३५ वर्षिय सीता पहारी, १२ वर्षिय संगिता गोदार, ४० वर्षिय चन्द्रकला गुरूङ, १० वर्षिय सम्पन्न गुरूङ, ३३ वर्षिय खुसि गुरूङ, ५० वर्षिय मिश्र गोदार र ५३ बर्षिय श्रीबहादुर गुरुङ रहेका छन। उनीहरू मध्ये श्रीबहादुर गुरुङलाई त्यस्तो कुनै पनि असर नदेखिएको चिकित्सक पाण्डेले बताए। व्यास–७ कलेस्ती नजिकको जंगलबाट वन भ्याकुर ल्याएर सामूहिक रुपमा बाडेर खाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०७६ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App