२४ पुस २०८१ बुधबार
image/svg+xml
समाज

भीरमौरीको मह खादा ७ जना विरामी

धादिङ- उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं ४ बोराङमा भीरमौरीको मह खादाँ ७ जना बिरामी परेका छन्। बिहान साढे नौ बजेतिर मह खादाँ बिरामी परेका हुन्।

मह खादाँ सिकिस्त बिरामी परेका कान्छा लामा र तेसमान तामाङलाई हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको छ। मह खादाँ मोक्ता लामा तामाङ, हिमाल बिक, लालु बिक, सुष्मा तामाङ, मि लामा तामाङ बिरामी परेका छन्।

उनीहरुको स्वास्थ्य बिन्दु बोराङमा उपचार भइरहेको बोराङबाट स्थानीय बिजय तामाङले जानकारी दिए। मह खाएपछि काम्ने, लड्ने, वाकवाकी लाग्ने लक्षण देखिएको थियो। 

 

प्रकाशित: २२ वैशाख २०७६ ०८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App