२५ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

श्रीलंकाविरुद्धको एकदिवसीय श्रृंखला न्युजिल्यान्डलाई

श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला एक खेलअगावै न्युजिल्यान्डले जितेको छ ।

दोस्रो एकदिवसीयमा बुधबार ११३ रनको फराकिलो जित निकाल्दै न्युजिल्यान्डले २-० को अग्रता बनाउँदै श्रृंखला कब्जा गरेको हो । पहिलो खेलमा पनि किविज टोली ९ विकेटले विजयी भएको थियो ।

हेमिल्टनमा ३७ ओभरमा २५६ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली ३०.२ ओभरमा १४२ रनमा अलआउट भयो । कामिन्दु मेन्डिसले ६४ रन बनाएपनि अन्य ब्याटरको साथ नपाउँदा हार भोग्न बाध्य भए ।

श्रीलंकालाई सस्तैमा समेट्न विल ओरोक्रीले ३ र जाकोब डुफीले २ विकेट झारे ।  

यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्यान्ण्डले निर्धारित ३७ ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो । रचिन रभिन्द्रले ७९ रनबनाएको इनिङ्समा मार्क चापम्यानले ६२ रनको योगदान गरेका थिए । ड्यारील मिचेलले ३८ रन जोडे ।

महिस थिक्सानाले ४ र वानिन्दु हसरंगाले २ विकेट लिए ।

श्रृंखलाको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ । 

प्रकाशित: २४ पुस २०८१ १५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App