२५ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

हाइटेन्सन तारमा टाँसिएर टिपरमा आगलागी, चालक गम्भीर घाइते

रौतहटको वृन्दावन नगरपालिकास्थित एक क्रसर उद्योगमा ११ हजार भोल्टको हाइटेन्सन तारमा टाँसिएर आगजनी भएको छ। विद्युतको तार टाँसिएर टिपरमा करेन्ट प्रवाह भइ आगलागी हुँदा टिपर चालक गम्भीर घाइते भएका छन्।

बिहीबार बिहान ८ बजेको समयमा वृन्दावन वडा नम्बर ४ स्थित गढिमाइ क्रसर उद्योगमा लु १ त २८४९ नम्बरको टिपरले ग्राभेल झार्ने क्रममा ११ हजार भोल्ट भएको तारको चपेटामा परेर टिपर पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ।

टिपरका चालक ४३ वर्षीय जयप्रकाश सहनी विद्युतीय प्रवाहबाट गम्भीर घाइते भएका छन्। उनको गरुडास्थित निजी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि विरगंजतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरी प्रमुख एवं एसपी दिलिप घिमिरेले बताएका छन्।

प्रकाशित: २५ पुस २०८१ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App