सुनुवाइ समितिले काम सक्यो, जोशीको पछाडि हिँड्दैन
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेका सर्वोच्च अदालतका हालका न्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रलगायतका विषयमा थप अध्ययन नगर्ने भएको छ।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेका सर्वोच्च अदालतका हालका न्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रलगायतका विषयमा थप अध्ययन नगर्ने भएको छ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेपालका २८ औं प्रधानन्यायाधीश हुन्। उनले सोमबार पद तथा गोपनीयताको सपथ लिएसँगै न्यायालयको कमाण्ड सम्हाले।
सरकारले मुलुकी अपराध (संहिता) ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने कानुनी प्रावधान संशोधनका लागि पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा सुझाव कार्यदल गठन गरेको छ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीमाथि गम्भीर प्रश्नचिह्न उठेको छ।
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीद्वारा अभियुक्त बनाइएका दिलीपसिंह बिष्ट रिहा भएपछि अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानबिन हुने भएको छ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले महिलाको अस्मिता मिलापत्र गर्ने कुरा नभएको बताएका छन्। नागरिक न्यूजसँगको कुराकानीमा प्रवक्ता थापाले कञ्चनपुर घटनामा प्रहरीबाट गल्ती भएको र दण्डित समेत गरिसकिएको स्पष्ट पारे।
१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा प्रहरीले लापरबाही गरेको निष्कर्ष निकालेको छ।
नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा नाम अनुमोदन भएपछि ओमप्रकाश मिश्रलाई आजै पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम रहेको छ।
संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रलाई अनुमोदन गरेको छ। आइतबार विहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले सुनुवाई गर्दै मिश्रको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।
कायम मुकायम प्रधान न्यायाधीश ओमप्रकाश मिश्रमाथि संसदीय सुनुवाइ विशेष समितिले सोमबार सुनुवाइ गर्दैगर्दा सुनुवाइको सार्थकता र सुधार सार्वजनिक चासोको विषय बनेको छ।
सर्लाहीको सदरमुकाम मलंगवा स्थित धानखेतको बीचमा महिलाको शव फेला परेको छ। सदरमुकाम मलंगवा स्थित गणेशीयाबाट मुसैली जाने सडकखण्ड नजिक मलंगवा नगरपालिका–७ स्थित धानखेतको आलीमा घोप्टो परेको अवस्थामा आइतबार साँझ सबा ७ बजे महिलाको शव फेला परेको हो। करिब ३० वर्षीय महिलाको शव फेला परेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।
संसदीय सुनुवाई समितिले आज प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रमाथि सुनुवाई गर्दैछ। मिश्रविरुद्ध ३ वटा उजुरी दर्ता भएको छ। सुनुवाई समितिले उजुरीमाथि सुनुवाई गरी मिश्रलाई अनुमोदन गर्ने कि नगर्ने निर्णय लिनेछ।
संविधानमा भएको व्यवस्थाअनुसार आगामी असोज ३ गतेभित्र मौलिक हक कार्यान्वयनका लागि कानुनी व्यवस्था गरिसक्नुपर्ने हुन्छ।