८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

प्रधानसेनापति ट्रफी सुरु

काठमाडौं – प्रधानसेनापति ट्रफी सोमबारदेखिदेखि राजधानीमा सुरु भएको छ । आगामी असोज ४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कुल १४ टोलीले प्रतिस्पर्धा गर्दै छन्। 

प्रतियोगितामा एथ्लेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, साइक्लिङ, बास्केटबल, भलिबल, फुटबल, कबड्डी र ह्यान्डबल खेल समावेश गरिएको छ। 

उक्त प्रतियोगिताका खेलहरू सेनाको भद्रकालीस्थित खेलमैदान, लगनखेल र सशस्त्र प्रहरी बल (एपिएफ) को खेल मैदानमा हुनेछन् । प्रतियोगिताको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच गरे। 

कार्यक्रममा नेपाली सेनाका उपरथी देवकुमार सुवेदीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल क्षेत्रमा नेपाली सेनाका खेलाडीले उल्लेखनीय योगदान पुर्याएको चर्चा गरे।

 

प्रकाशित: २६ भाद्र २०७५ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App