२८ पुस २०८१ आइतबार
image/svg+xml

अस्थायी राजधानीसमेत नतोकिँदा प्रदेशसभा सांसद अलमलमा

दोस्रो चरणको प्रदेशसभा सदस्यको निर्वाचन भएको शुक्रबार ठीक एक महिना हुँदैछ । तर प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष्यमा निर्वाचित ३ सय ३० प्रदेशसभा सदस्य भने सपथ ग्रहण नहुँदा र अस्थायी राजधानी नतोकिदा  अलमलमा परेका छन्।

प्रधानाध्यापकद्वारा दुई करोड भ्रष्टाचार

लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाइएको छ । उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम र  सरकारबाट प्राप्त अनुदान अनियमितता गरेको छानबिनबाट खुलेको छ।

प्रदेश राजधानी र प्रमुख तोक्दै सरकार

सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्ति गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार डाकेको सर्वदलीय बैठकमा दुवै विषयमा सहमति भएकाले सरकारले प्रदेश प्रमुख र राजधानी तोक्न लागेको हो।

‘ओली, दाहाल र देउवाबाट संविधानको फरक व्याख्या भयो’

निर्वाचनबाट नयाँ जनादेश पाएका जनप्रतिनिधिलाई सहजरुपमा सत्ता हस्तान्तरण गर्नुपर्नेमा वरिष्ठ अधिवक्ताहरुले जोड दिएका छन्। कानून पत्रकार मञ्चले विहीबार आयोजना गरेको ‘निर्वाचनपछिको संवैधानिक निकास’ विषयक अन्तरक्रियामा वरिष्ठ अधिवक्ता शम्भु थापाले निर्वाचनबाट नयाँ जनमत लिएर आएकालाई सत्ता हस्तान्तरण गर्नुको विकल्प नभएको बताएका हुन्।

प्रदेश राजधानी वीरगञ्ज माग गर्दै नेताहरू सडकमा

प्रदेश नं २ को राजधानी माग गर्दै विहीबार वीरगन्जमा पर्सा र बाराका विभिन्न दलका नेता तथा नागरिक अगुवा लगायतले प्रदर्शन गरेका छन् । सामथ्र्य, आर्थिक तथा राजनीतिक लगानी, पूर्वाधार, सुगमता लगायत विभिन्न आधारहरूमा वीरगञ्ज सबैभन्दा उपयुक्त हुँदाहुँदै अन्यत्र लगेर प्रदेश दुईको राजधानी बनाउने प्रयास भइरहेको बताउँदै प्रदर्शन भएको हो।

राजधानी कर्णालीमा हुनुपर्ने माग गर्दै जुम्लामा आन्दोलन

६ नम्बर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग राख्दै जुम्लामा आजदेखि आन्दोलन शुरु भएको छ । पहिलो दिन नागरिक समाजको अगुवाईमा सदरमुकाम खलंगामा जुलुस निकालिएको हो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको कार्यालयबाट शुरु भएको आन्दोलन विजयनगर हुँदै जिल्ला प्रशासन कार्यालय जुम्ला नजिकै पुगेर कोणसभामा परिणत भएको थियो।

राजधानी माग गर्दै धनकुटामा दोस्रो दिन पनि बन्द

प्रदेस नं. १ को राजधानी धनकुटालाई घोषणा गर्न माग गर्दै जिल्लाबासीले बुधबारदेखि सुरु गरेको आमहड्ताल आज दोस्रो दिन पनि जारी छ । धनकुटाको जिरोप्वइन्ट, आत्मारा, सल्लेरी र हिले बजारमा आन्दोलनकारीले सडकमै ढुकेर यातायात र बजार बन्द गराएका छन् ।

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा कुनै सहमति भएन

बाम नेताहरुले सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा एमाले-माओवी नेताहरुले राष्ट्रिय सभाको निर्वाचन मितिसहित सत्ता हस्तान्तरणको बाटो खोलिदिन आग्रह गरेका हुन्।

(अ)संवैधानिक आयोग !

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम प्रत्यक्षतर्फको निर्वाचनको परिणाम र समानुपातिकतर्फको दलहरूले प्राप्त गरेको सिट संख्यासहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउन निर्वाचन आयोगलाई कानुनतः समस्या छैन ।

वाम गठबन्धनबाहिरबाट प्रधानमन्त्री बन्दिनँ : दाहाल

नेकपा एमाले र माओवादीबीच एकीकरण गर्ने उद्घोषसहित निर्वाचनमा होमिएका कारण वाम गठबन्धन झन्डै दुईतिहाइ बहुमत ल्याउन सफल भएको छ ।

समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न संवैधानिक र कानुनी अड्चनः आयोग

निर्वाचन आयोगले गत मंसिर १० र २१ गते स्वतन्त्र, स्वच्छ र शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भई प्रदेशसभा र प्रतिनिधिसभाका सबै निर्वाचन परिणाम सार्वजनिक गर्ने क्रम जारी रहेको अवस्थामा ‘जनताको मतलाई सार्वजनिक गर्न ढिलाइ ग-यो’ भनी लगाइएको लाञ्छना र अराजक गतिविधिप्रति आपत्ति प्रकट गरेको छ।

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले पहिलो पटक सर्वदलीय बैठक आह्वान गरेका हुन्।

काँग्रेसले मलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्‍यो : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई कांग्रेसले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको बताएका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले कांग्रेसले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको बताए। ‘नेपाली कांग्रेसले मलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको हो,’ दाहालले भने– ‘तर मैले त्यस्तो सोचेको छैन, मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन।’

धनकुटालाई राजधानी बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रदेश नं १ को प्रदेश प्रमुखको मुकाम र प्रदेशसभा पहिलोपटक धनकुटामा गर्न माग गर्दै धनकुटावासीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।  धनकुटाबाट राजधानीमा आएको सर्वपक्षीय प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउँदै प्रादेशिक राजधानी धनकुटालाई बनाउन माग गरेको नेपाली काँग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले जानकारी दिए।

दीपायललाई प्रदेश राजधानी तोक्न माग गर्दै डोटीमा हडताल

७ नम्बर प्रदेशको राजधानी दिपायल माग्दै ‘हड्ताल’ शुरु भएको छ। मंगलबारसम्म शान्तिपूर्ण रुपमा भैरहेको ‘दबाबमूलक’ आन्दोलन बुधबार बिहानैबाट हड्तालमा परिणत गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्