१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

दीपायललाई प्रदेश राजधानी तोक्न माग गर्दै डोटीमा हडताल

राजधानी धनगढी राख्ने खाँकाको बिरोधमा बुधबार बिहानै दिपायलको सडकमा टायर बाल्दै आन्दोलनकारी। तस्बिरः अरूण बम

डोटी - ७ नम्बर प्रदेशको राजधानी दिपायल माग्दै ‘हड्ताल’ शुरु भएको छ। मंगलबारसम्म शान्तिपूर्ण रुपमा भैरहेको ‘दबाबमूलक’ आन्दोलन बुधबार बिहानैबाट हड्तालमा परिणत गरिएको छ।

‘हाम्रो रचनात्मक दबाब सरकारले सुन्ने छाँटकाँट देखिएन। उल्टै अनेकथरी खबरहरु बाहिरिन थाले,’ संघर्ष समितिका संयोजक डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले भने,‘त्यसैले अब हामी सशक्त आन्दोलनमा उत्रिन बाध्य भएका छौ ।’ सरकारले दिपायलको पक्षमा निर्णग नगरेसम्म हड्ताल ‘अनिश्चितकालिन’ रहने उनले बताए।

मंगलबार प्रधानमन्त्री एबं मन्त्रीपरिषदको कार्यालय तथा सहरी विकास मन्त्रालयले ७ नम्बर प्रदेशको राजधानी धनगढी तोक्ने तयारी सहितको खाका बनाईरहेको समाचार बाहिरिएकोथियो । सो समाचारपछि यहाँका बासिन्दा झन आक्रोशित देखिएका हुन्। ‘समाचारले सकारात्मक सन्देश दिएन। त्यसैले अब सशक्त आन्दोलनको बिकल्प नदेखेपछि हड्तालमा उत्रिएका हौ,’ अध्यक्ष खड्काले भने।

बिहानैदेखी, सडक, बजार सबै बन्द गरिएका छन्। जसले डोटी हुँदै सुदूरपश्चिमका पहाडी जिल्ला र तराई जिल्ला तर्फ हुने सवारी ठप्प भएको छ । हज्जारौ स्थानीयबासी ठाउँठाउँबाट सडकमा उत्रिएर बिरोध जनाउन शुरु गरेका छन् ।  दिउँसो सरकारी कार्यालय, विद्यालय लगायतका सबै कार्यालय समेत ठप्प पारिने संघर्ष समितिले जनाएको छ।

यस्तै सुदूरपश्चिमका सातवटै पहाडी जिल्लालाई तराईसंग जोड्ने भिमदत्त राजमार्ग समेत अबरुद्ध पारिने संघर्ष समितिले योजना बनाएको छ ।

 

 

 

 

प्रकाशित: १९ पुस २०७४ ०६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App