६ आश्विन २०८१ आइतबार
image/svg+xml

कर्णालीमा तीनजना बेपत्ता

रुकुम पश्चिम, कालीकोट र मुगुमा एक/एकजना गरी तीनजना नदीमा बेपत्ता भएका हुन्। कालीकोट पलाता गाउँपालिका–९ थिर्पुका ३४ वर्षीय जङ्ग बम नजिकै रहेको कर्णाली नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

मेलम्ची बाढी: मृतकको संख्या तीन पुग्यो, १७ अझै बेपत्ता

बाढीमा अझै १७ बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ। बाढीमा बेपत्ता एक/एक चिनियाँ र भारतीय नागरिकको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए। उनीहरुको शव सिन्धुली जिल्लामा फेला परेको उनले बताए।

सिन्धुपाल्चोक पहिरोले क्षतिग्रस्त: ५० जना बेपत्ता, घरहरू बगाउने क्रम राेकिएन

सिन्धुपाल्चोकको हेलम्बु पहिरोले क्षतिग्रस्त भएको छ। खोलामा उर्लिएर आएकाे बाढीलेमंगलबार बेलुका करिब ६ बजे गएको पहिरोका कारण त्यहाँका बस्ती,माछा फर्म बगाएको छ।

पौडी खेल्दा बेपत्ता भएका युवक मृत भेटिए

काबेली खोलामा पौडी खेल्ने क्रममा बेपत्ता उनको शव बिहान ७ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) बालनरसिंह राणाले बेपत्ता युवकको शव फेला परेको बताए।

कर्णालीमा टिप्पर खस्दा दुई जना बेपत्ता

लमहीबाट जुम्लातिर सिमेन्ट लिएर गएको बा५ख २१८३ नम्वरको टिप्पर राजमार्गबाट कर्णाली नदिमा खस्दा चालक र सहचालक बेपत्ता भएका हुन्। सडकदेखि १ सय ५० मिटर तल टिप्पर खसेको दैलेख प्रहरीले जनाएको छ।

सेती नदीमा बेपत्ता युवक अझै फेला परेनन्

सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन्। उनी बगेर बेपत्ता भएदेखि प्रहरीले खोजी जारी राखे पनि अहिलेसम्म पनि उनको अवस्था अज्ञात रहेको छ।

बेपत्ता बनेकाे छोरो १९ वर्षपछि घर आइपुग्दा...

खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोईराला बेपत्ता भएको १९ वर्षपछि घर आइपुगेका छन्। १७ वर्षको उमेरमा २०५८ सालमा काठमाडौं सानेपाबाट बेपत्ता भएका विज्ञान बुधबार घर आइपुगेका हुन्। नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाई सुवास कोईरालाले घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) पुर्‍याएका हुन्।

बेपत्ता बालकको शव फेला

रञ्जत शारीरिक अपांगता भएका बालक थिए। घरभन्दा करिब चार घन्टा टाढा रहेको अप्ठ्यारो भिरमुनि खोलामा भेटिएको हो। खोलामा शव फेला परेपछि स्थानीयले परिवारलाई पहिचानका लागि खबर गरेका थिए।

साढे दुई महिनादेखि बेपत्ता व्यक्ति मृत भेटिए

छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार बेपत्ता भएका थिए। बेपत्ता ल्वारको विभिन्न ठाउँमा खोजी गरे पनि कतैबाट पत्ता नलागेको र खोजी गर्दै जाँदा दुई महिनापछि शव नदी किनारमा भेटिएको आफन्त राजेन्द्र विश्वकर्माले बताए।

चौध वर्षीय बालक १० दिनदेखि बेपत्ता

केही दिन अगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि सम्पर्कमा नआएको उनका दाजु राजेन्द्र विकले बताए। सुर्खेतमा प्रत्येक महिनाको १ र १५ गते लाग्ने मेला हेर्न १ गते सुर्खेत रङ्गशाला पुगेका विक त्यस दिनदेखि घर फिर्ता नभएको उनका दाजुले गुनासो गरे।

बेपत्ता आयोगको परिचयपत्रप्रति पीडितकै असन्तुष्टि

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले वितरण गरिरहेको परिचयपत्रप्रति द्वन्द्वपीडितले नै असन्तुष्टि जनाएका छन् । पीडितले पुरानै कानुनमा टेकेर आयोगले गरिरहेको कार्यबाट आफूहरूले न्याय पाउने आशा नै नभएको गुनासोसमेत गरेका छन् ।

२२ दिनअघि बेपत्ता भएका झा दम्पतीकाे अवस्थाबारे प्रहरी अझै सुराकविहीन

प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका चार जनामध्येका मुसाफिरसँग जग्गा विवाद रहेका रामजी यादवले झूटो बयान दिएको पोलिग्राफ जाँचबाट खुलेको छ। ‘पोलिग्राफबाट रामजीले झूटो बोलेको देखिन्छ,’ डिआइजी सिंहले भने, ‘धेरै ठाउँमा उनले शंकास्पद बयान दिएका छन्।’

कर्णाली नदीमा हामफालेर बेपत्ता भएका थप दुई शव फेला

कर्णाली नदीमा हामफालेर बेपत्ता भएका पाँच मध्ये थप दुईको शव फेला परेको छ। श्रीमानसँगको विवादका कारण दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुनिता बढुवालले चार छोराछोरीसहित साेमबार कर्णालीमा हामफालेकी थिइन्।

ओछ्यानबाटै बेपत्ता भएका झा दम्पती अझै फेला परेनन्

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका–५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्।

जनयुद्धका बेपत्ता १२ वर्षपछि घर फर्किए

जुम्ला तिला गाउँपालिका ६ घोडेगाउँका हरीश्चन्द्र रोकाया (कपिल) १२ वर्षपछि घर फर्किएका छन्। उनी जनयुद्धकालमा बेपत्ता भएका थिए। कालिकोटको पिली आक्रमण गरेर फर्किएका कपिल सुर्खेतदेखि बेपत्ता भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्