१५ मंसिर २०८१ शनिबार
image/svg+xml

खुसी बोकेर आउने दसैं

मलाई लाग्छ, दसैं आउँदा मुस्लिम जति खुसी हुन्छन् सायदै त्यति हिन्दू होलान् ! नढाँटी भनुँ भने अलिकति धन कमाएका व्यापारीमा चाहिँ दसैं आउँदा व्यापार बढ्नेथियो भन्ने खुसी मात्रै हुन्छ । गरिब समुदाय भने दसैंकै बहानामा नयाँ–नयाँ लुगा, खानपिन र किनमेलमा रमाउन पाउँदा बेग्लै खुसी हुन्छ।

दशा नबनोस् दसैं

जुम्ला । चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल हिन्दूधर्मावलम्बीको ठूलो पर्व दसैंलाई भेटघाट गर्ने साझा चौतारी सम्झिन्छिन् । पछिल्लो समयमा दशैंलाई धेरै खर्चिलो र धन प्रदर्शन गर्ने थलोका रुपमा लिएकोमा निकै  दुःख पोख्छिन् ।  २०४२ सालमा आफन्तजन जमघट हुदा दुई दिनसम्म पनि टीका लगाउने पालो कुरेर बस्नु परेको अनुभव उनको छ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री अाेलीद्वारा टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरेकी छिन्। राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन।

दसैं बिदाको विवाद

दसैं बिदा हामीहरुको एउटा परम्परा र अधिकार बनिसकेको छ । सरकारी कार्यालय हुन् वा निजी क्षेत्रका प्रतिष्ठान नै दसैंमा पहिला लामो बिदा दिइन्थ्यो भने अहिले छोटिन थालेको छ।

दसैंमा शाकाहारी खाना

प्रायः नेपालीको घरमा दसैंमा मासुकै परिकारहरु पाक्ने गर्छ । शुद्ध शाकाहारी खाना खानेहरुका लागि पनि घरमै धेरै परिकारहरु बनाएर खान सकिन्छ।

दसैंमा सेतो टीका

वर्षा सकिएलगत्तै आउने दसैंले धेरै नेपालीको मनमा उमंग ल्याउँछ । मौसम जसरी सफा भएको हुन्छ मन पनि त्यसैगरी सफा भई खुलेको अनुभव गर्ने धेरै हुन्छन् यतिबेला । दसैं भनेकै निधारमा रातो टीका, कानमा जमरा, शरीरमा नयाँ लुगा लगाउने र मीठा–मीठा परिकार खाएर आफन्तसँग भेटघाट गर्दै खुसी साट्दै हर्षाेल्लासका साथ मनाउने चाड हो भन्ने बालबच्चादेखि बूढाबूढीसम्मलाई थाहा छ।

दसैंमा गुरु भेट

राणा परिवारमा दसैंको रमझम त्यसै पनि बेग्लै खालको हुन्छ । विगतझैं यसवर्ष पनि नेपालगञ्जका राणा परिवार दसैंलाई हर्षोल्लासका साथ मनाउने सोचमा छन् । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशमशेर राणाको दसैंलाई नगरवासीले चासोका साथ हेरेका छन् । दसैंलाई पछिल्लो समयमा ‘देखासिकी’ रुपमा मनाउने प्रवृत्ति बढिरहेका बेला राणा परिवारका नगर प्रमुख धवलको दसैं कस्तो होला भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो।

हराउँदै पिङको रौनक

पहिलेपहिले गाउँ घर होस् या सहरबजार दसैंको बेला युवाहरुमा बाबियो कहिले काट्ने, पिङ कहिले हाल्ने भन्ने सल्लाह हुने गर्दथ्यो । एकहुल केटा क्लबमा होस् या चौरमा बसेर को–को बाबियो काट्न जाने कसकसले पिङ बाट्नमा सहयोग गर्ने भन्ने सल्लाह हुने गरेको पाइन्थ्यो । त्यति मात्र होइन । दसैंको सुरुवात भएसँगै घर–घर, टोलटोलमा चङ्गा उडाउने र पिङ खेल्ने प्रतियोगिता नै हुने गरेको पाइन्थ्यो । तर पछिल्लो समयमा यसको रौनक घट्दै गएको पाइन्छ।

दुर्गाका नौ रूप

पौराणिक कथाहरूअनुसार महिषासुर नाम गरेको दानव थियो । उसका पिता रम्भ असुरहरूका राजा थिए । एकपटक जलमा रहने भैँसीसँग रम्भको प्रेम बस्यो र उनीहरूकै योगबाट महिषासुरको जन्म भयो । पुरूष र भैँसीको संयोगबाट जन्मिएकाले उसको नाम महिषासुर रहन गयो । त्यसैले आफ्नो इच्छाअनुसार उसले भैँसी र मान्छेको रूप धारण गर्न सक्थ्यो।

दसैंमा कस्तो मासु खाने ?

डिबी (धनबहादुर) सेजुवाल (५० वर्ष) निकै नै फुर्तिला छन् । बिहानैदेखि बेलुकीसम्मको अधिकांश समय उनले भान्सामै बिताउँछन् । पोखराको चल्तीको टेम्पल ट्रि रिसोर्टमा २० जनाको डफ्फाको नेतृत्व गर्दै हरसमय स्वादिलो र स्वस्थ खाना पस्किने उनको ‘ड्युटी’ नै हो । त्यसैले त शरीर फुर्तिलो हुनु उनी जरुरी ठान्छन्।

चिल्लो काट्ने परिकार

दसैंमा मुख्य खानेकुरा भनेकै मासु हो । प्रायः हरेक नेपालीको घरमा मासु पोकेकै हुन्छ । तर स्वास्थ्यको दृष्टिकोणले जतिबेला पनि मासु खानु उपयुक्त  हुँदैन । त्यसका लागि तरकारी तथा फलफूल खान जरुरी छ ।

‘बलि हिंसा हैन’

अष्टमी तथा नवमीमा देवीलाई बलि दिने चलन छ । नवमीको बलि अझ राम्रो भनिन्छ । बलि दिँदा मांशभक्षीले पशु बलि दिइन्छ भने शाकाहारीले नरिवल लगायतको बलि चढाउने चलन छ । जसले जे भोजन गर्ने हो, त्यही भोजन देवीलाई चढाउने धार्मिक मान्यता छ । मासु खानेले पशु चढाउँछन् । देवीलाई चढाउने बलि हिंसा हैन भन्ने देवी भागवतमा उल्लेख । ती पशु स्वर्गमा पुग्छन् भनिएको छ ।

म त रातै टीका लाउँछु : सुवास नेम्वाङ

दसैं, तिहारलगायतका चाडपर्वमा टीका लगाउँछु । म रातो टीका लाउँछु । जमरा लाउँछु । मेरी श्रीमती साह्रै धार्मिक भावनाको हुनुहुन्छ । मेरो छुट्टै पूजाकोठा छ । म घरबाट निस्कँदा सधैँ टीका लगाउँछु । मेरो निधार माथिको कपालमा टोपी खोल्यो भने सधैँ टीका हुन्छ । घरबाट निस्कँदा ढोकाको दायाँबायाँ भएका तामाका गाग्रीमा पैसा, राखेर बाहिरिन्छु ।

दसैँ जनजातिको हैन भन्नु भ्रम हो : डा. जगमान गुरुङ

दसैँ जनजातिको पर्व हैन भन्ने क्रिस्चियनले प्रचार गरेका हुन् । हिन्दू धर्मलाई विनाश गर्न गलत प्रचार गरिएको हो ।नेपालमा हिन्दू, बौद्ध, आदिवासी, जनजाति लगायतको बीचमा भेद छैन । एकअर्काको आन्द्रा गाँसिएको छ । हिन्दू, जनजाति, आदिवासी लगायतको बीचमा भेद गराइदिएपछि हिन्दू धर्म पतन हुनुका साथै आदिवासी जनजातिको पनि संस्कृति पतन हुन्छ भन्ने उद्देश्यले गलत प्रचार गरिएको हो ।

‘धर्म संस्कृतिलाई त निमिट्यान्न पारेर छोड्यौँ’

जसरी तीजमा विसंगति आएका छन् नि त्यसैगरी दसैँमा पनि मारकाट भएका छन् । यो नहुनुपर्ने हो । दसैँमा अहिले पहिले जति रौनक छैन । विधि आधुनिकतातिर ढल्किएको छ । हामी धर्मलाई बिर्सदै छौँ । खानपानमा र मोजमस्तीमा मात्रै मग्न छाैं । पहिले हाम्रा पुर्खाहरुसँग तन्त्र परम्परामा देउतालाई नै बोलाउन सक्ने शक्ति थियो । अहिले हामी खानपिन, मोजमस्ती र लहलहैमा लागेका छौँ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्